सुनसरीको गढी गाउँपालिकामा आगलागी
धरान/सुनसरीको गढीगाउँपालिका–१ मा सोमबार बिहान आगलागी हुँदा करिव १० लाख मुल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट सोही गाउँपालिका बस्ने शोभालाल चौधरीको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट चौधरीको एक तले घर, लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको अस्थायी प्रहरी चौकी चाँदबेलाले जनाएको हो । आगो प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































