राजसंस्थाको वकालत गर्दै आएको राप्रपाको परिणाम राम्रो नआएको सामाजिक सञ्जालमा समाचार बनिरहेका बेला राप्रपा सदस्य तथा नायिका रेखा थापाले आफ्नो फेसबुकमार्फत आत्तिनुपर्ने र मात्तिनुपर्ने स्थिति सृजना नभएको बताएकी छिन् । नायिका रेखा थापा तथा कोमल वली राप्रपा प्रवेशसँगै राप्रपाले पनि राम्रो नतिजा ल्याउने आशा गरिएको थियो । तर, सोचेभन्दा कमजोर परिणामले रेखा थापालाई समेत सामाजिक सञ्जालमार्फत ठट्टा गर्न थालिएको छ । यसैबीच रेखा थापाले आफ्नो फेसबुक लामो स्टाटस लेख्दै व्यङ्ग्यात्मक कोणबाट सामाजिक सञ्जाल कुरुप बनाउने जोकोहीसँग पनि आफूले सहमति नजनाउने बताएकी छिन् ।