झापामा कांग्रेसको उम्मेदवारको टुंगो
शनिश्चरे, मोरङ/असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस झापाले जिल्लाका १५ वटै तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्लामा वडाध्यक्ष, सदस्यका साथै गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाइसकेका जिल्ला सभापति उद्धव थापाले बताए ।
झापामा ८ नगरपालिका र ७ गाउँपालिकामध्ये पछिल्लो पटक कनकाई नगरपालिकाको उम्मेदवारको टुंगो लागेको हो । कन्काईमा प्रमुखमा एकराज उप्रेती र उपप्रमुखमा कविता वस्नेतको नाम टुंगो लागेको छ ।
नगरपालिकातर्फ, मेचीनगरको प्रमुखमा विमल आचार्य र उपप्रमुखमा दुर्गा खतिवडा, भद्रपुरको प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा तारा भुर्तेल, विर्तामोडको प्रमुखमा जलकुमार गुरुङ्ग र उपप्रमुखमा पार्वता गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यसैगरी, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हेमराज खरेल र उपप्रमुखमा सरस्वती सिटौला, शिवसताक्षी नगरपालिकाको प्रमुखमा पर्शुराम ढुङ्गाना र उपप्रमुखमा जयकुमारी चेम्जोङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । गौरादह नगरपालिकाको प्रमुखमा रोहित शाह र उपप्रमुखमा सुमित्रा खरेल, दमकको प्रमुखमा ढुण्डिराज भण्डारी र उपप्रमुखमा रेगिना भट्टराई ( प्रसाई )को नाम टुंगो लागेको छ ।
गाउँपालिकातर्फ, झापाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्षमा बसुन्धरा थपलिया, गौरीगञ्जको अध्यक्षमा फुलमती राजवंशी र उपाध्यक्षमा दिपेन्द्र थापा, कमलको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दीपा गौतमलाई पार्टीले उम्मेदवारका रुपमा खडा गरेको छ ।
बुद्धशान्तिको अध्यक्षमा रमेशकुमार भुजेल र उपाध्यक्षमा चन्द्रकला भट्टराई , हल्दीवारीको अध्यक्षमा दिलिप मावो र उपाध्यक्षमा चन्द्रकला राई , कचनकवलको अध्यक्षमा कलेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा गीता खरेलको नाममा टुंगो लागेको छ । बाह्रदशीको अध्यक्षमा खड्ग राजवंशी र उपाध्यक्षमा रत्ना राजवंशीलाई उठाउने निर्णय भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































