धैरै मानिसहरुलाई थाहा छैन, विभिन्न थरीका पाउडर र क्रिम बनाउने ‘जोनसन एण्ड जोनसन’ कम्पनीको बेबी पाउडर प्रयोग गरेर एक महिलाको पाठेघर अण्डाशयमा क्यान्सर भयो। उनको मृत्युपछि परिवारका सदस्यले उक्त कम्पनीविरुद्ध मुद्दा हाले र लामो समय मुद्दा चलेपछि अदालतले बेबी पाउडरमा मिसिएको रसायनले नै क्यान्सर उत्पन्न गरेको निर्णय भयो। र, कम्पनीले महिलाको परिवारलाई ७२ मिलिअन डलर ७ अरब रुपैयाँ तिर्नुप¥यो। त्यसैगरी, अनेक थरीका रसायन प्रयोग गरेर गोरो छाला बनाउने कति महिलाहरुको स्वास्थयमा खराबी आउँछ त्यसको लेखाजोखा भएको छैन। हामी त जसरी भए पनि गोरो हुनैपर्ने पागलपनबाट पीडित छौं। त्यो पागलपनका कारण हाम्रो संस्कार हो, जसले गोरो नै राम्रो हुन्छ भन्ने भावना विकास गरिदिएको छ। अमेरिकीको अदालतलाई बेबी पाउडरमा रसायन मिसाएर पाउडरमा महिलाहरुलाई क्यान्सर लाग्ने रसायन छ भनेर सिद्ध ग¥यो, तर भारत र नेपालमा कसैले गोरोपन बढाउने क्रिमले मेरो स्वास्थ्य नराम्रो पा¥यो भन्दै कम्पनीविरुद्ध क्षतीपुर्तीका लागि मुद्दा हालेको छैन। किनभने कति दिदी–बहिनी अझै पनि जसरी हो सेतो भए पुगिहाल्छ भन्ने भावनाले क्यान्सर हुन्छ भन्ने जान्दाजान्दै क्रिम लगाइरहेका छन्।
के यो विकृत मष्तिष्कको उपज होइन र ?
अपवादबाहेक मिस नेपालमा छानिने कोही पनि सुन्दरी कालो वर्णका हुँदैनन्। गोरो भएकालाई मात्र सुन्दर मानिने हाम्रो देशमा गहुँगोरो वा कालो वर्णका युवतीहरु जहिले पनि अपमानित हुन्छन्। ‘कस्तो कालो अनुहार क्रिम लगाउने गर वा तिम्रो छाला तघाममा डढेजस्तै भएछ सेतो हुन फलानो साबुनले मुख धोएर सुत्ने गर न वा राती सुत्दा पनि फलानो क्रिम नै लगाएर सुत्नु’ ज्ञान बालिकादेखि नै दिन सुरु गरिन्छ। अनि, ‘गोरो भएपछि सबैको माया पाइन्छ, गोरो भए केटाले हेर्छन्, गोरो भए राम्रो घरमा विवाह हुन्छ ,गोरो भए अमेरिका जाने केटाले मन पराउँछ’जस्ता मानसिकता नेपाली किशोरी र युवतीका दिमागमा यतिसम्म भरिएको छ कि गोरो बन्न पागलपनको हद नाघ्छन् ! अझ कति कम्पनीले त कालो हुनु एउटा रोग नै हो र यसको उपचार फलानो क्रिमले मात्र सम्भव छ भन्दे धुवाँदार विज्ञापन गर्छन्। त्यही विज्ञापनको फन्दामा पर्ने युुवतीहरु अनेक थरीका क्रिम पाउडर लगाएर अनुहार डढाँछन् र छालाको डाक्टरकहाँ पुग्छन्। मलाई याद छ, म सानो छँदा मेरा दिदीहरु गोरो बनाउने क्रिम ‘क्लियरसिल’ लगाउँथे। अहिलेको जस्तो प्रचार नभए पनि गोरो हुनुचाहीँ सुन्दर हुनु हो भन्ने भावना त त्यो बेला पनि थियो। ६० वर्ष पुगेकी मेरी दिदी अहिले पहिलेको गोरोपनका लागि लगाइएको क्रिम र पछि लगाउन छोडेको घटना अहिले पनि याद गर्छिन्। क्रिम लगाएपछि केवल एक घन्टासम्म मात्र छाला सेतो देखिने हुनाले गोरो देखिन बेलाबेला क्रिम दलिरहने पर्ने भएकाले किन्ने पैसा पुग्दैनथ्यो। दिदी आमाबुवाको खल्तीबाट पैसा झिकेर महिनामा चार बट्टा रित्याउँथिन्। तर, क्रिम सुकेपछि उनको अनुहारको प्राकृतिक गहुँगोारो रङ आइहाल्थ्यो। ३० बर्ष पुगेपछि मात्र मेरी दिदी सेतो रङको पछाडि लाग्न छाडिन् र, स्वस्थ छाला लिएर बाँच्ने प्रण गरिन्।
तर, अहिले पनि मेरी दिदीजस्ता ‘गोरो भए सुन्दर भइन्छ’ भन्ने मानसिकताको उपजले होला, धेरै कम्पनीहरुको व्यवसाय नै क्रिम बेचेर चल्छ। जब नेपालमा मिस नेवार, मिस नेपाल, मिस तामाङ, मिस गुरुङ बन्ने होड चल्छ, सायद यस्ता गोरोपनको क्रिमको व्यापार त पक्कै बढ्छ। सबैलाई सुन्दरी जो हुनु छ। १८ –२० वर्षकी गोरी किशोरी स्टेजमा आएर मिस नेपालको ताज चुम्छिन् अनि, आमाहरु आफ्नाी किशोरी छोरीहरुलाई विवश गराउन थाल्छन्– यस्तै गोरो हुनु पर्छ अनिपो त मानिहरुले सम्मान गर्छन् ! शर्मा थरकी मेरी एक पत्रकार साथी छिन्। उनी भन्छिन्, ‘मेरी आमा गोरी हुनुहन्थ्यो रे अनि, मेरी बज्यैले मलाई जहिले पनि तिमी त कस्ती काली छौ। तिमी त आफ्नी आमाकी छोरी नै होइन किरु भन्नुहुन्थ्यो। त्यो कुरा सुनेर मेरो मन एकदम रुन्थ्यो र अहिलेसम्म ऐनामा आफूलाई हेर्दा म नराम्री छु, काली छु भन्ने भावनाले सताउँछ। गोरोपनका लागि मैले कहिले पनि क्रिम लगाइन। तर, मेरो गहुँगोरो वर्णको खिल्ली उडाएका कारण मेरो जीवनमा एउटा रिक्तता मलाई अहिले पनि महसुस हुन्छ। म यसरी समाजमा स्थापित भइसक्दा त यस्तो लाग्छ भने गाउँ–घरका युवती र किशोरीलाई आफ्नो गहुँगोरो रङका कारण कति अपमानित हुनुपर्छ होला ? ’ गोरो हुनुलाई जसरी समाजमा सौन्दर्य मापन गर्ने हतियार बनाइएको छ, यसले गर्दा किशोरी र युवतीको स्वास्थमा कति नराम्रो असर परेको छ भन्ने कुरा त यस्ता समस्याहरु हेर्ने स्वास्थ्यकर्मीले भन्न सक्छन्। तर, साधारण मानिसले पनि अब त बुझिसक्नुपर्ने हो कि, छाला सेतो होस् भन्नका लागि बनाइने क्रिममा यस्ता रसायनहरु मिसाएका हुन्छन् जसले शरीरमा मन्द विषको काम गर्छन्। भारतकी प्रसिद्ध अभिनेत्री तब्बु र कंगना रनावतले गोरो बनाउने क्रिममा विज्ञापन खेल्न अस्वीकार गरेका थिए। उनीहरुको भनाइ थियो, यसले गर्दा हाम्रो समाजमा गलत कुराको प्रचार हुन जान्छ। यस्तो विचारले किशोरीहरुको अपमान गर्छ। धन्न१ सानो स्वरमा भए पनि यस्तो विचार आएको छ। कालीमातालाई कसैले पनि कुनै गोरो हुनु भनेर क्रिम चढाउँदैन। कृष्णको गहुँगोरोपनले गर्दा उनको अपमान भएको छैन। पार्वती, सरस्वती र लक्ष्मीलाई पूजा गर्नेहरुले ती देवीहरुले गोरो हुन क्रिम लगाएको कथा धामिर्क ग्रन्थमा छैन। अनि कताबाट आयो यो गोरोपन नै राम्रो भन्ने गलत विचार ? यस्तो विचार हटाउने सुरुवात गर्न गोरोपनको क्रिम लगाएर सुन्दर बनेका मिस नेपाल वा पूर्व मिस नेपालहरुले हामीलाई गोरो हुनु छैन, स्वस्थ रहनुछ भन्ने कि !