विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रबक्तामा डा पशुपती चौधरी नियुक्त भएका छन् ।प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारले डा. चौधरीलाई प्रबक्तामा नियुक्ति गरेका हुन् ।
प्रतिष्ठानको हाडजोर्नि तथा नशा रोग बिभागका बिज्ञ डाक्टरको रुपमा चिनिएका चौधरी यस अघि एक पटक प्रबक्ता भई सकेका छन् ।प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशक समेत भइ सकेका चौधरीको अनुभव र विज्ञताका आधारमा पुनः प्रबक्ता नियुक्ति गरिएको प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारले बताए ।
नब नियुक्त प्रबक्ता डा पशुपती चौधरीले बिगतमा झै सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।