सुनसरी/सुनसरीको बराहा नगरपालिका वडा नम्बर ४ स्थित कौवाखोच गाउँका स्थानिय बाढी पिडित बासिन्दाहरुलाई नेपाली काग्रेसको युवा दस्ता नेपाल तरुणदल सुनसरीले निशुल्क स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी वितरण गरेको छ ।

बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरु द्वारा निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ४ सय जना भन्दा बढीले निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको तरुणदल सुनसरीका सभापति सिजन गुरुङ्गले वताए ।

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक ज्युहरुको टोलिले सहयोग गरेको थियो । नेपाल तरुण दल सुनसरीले वहाँहरुकै घरदैलोमा पुगेर राहत सामाग्री वितरण गरेको आज २३ दिन पूरा भएको जनाएको छ । पिडितहरुलाई अझै सहयोग गरीरहने वताउँदै तरुण युवाहरु गाउँ गाउँमा पुगेर सहयोग गरीरहेको तरुण दल सुनसरीका सभापति गुरुङ्गले वताए ।