विराटनगर/ नेपालबाट काम गर्न साउदी अरब गएका नेपालीहरुको संस्था जागरुप नेपाली मञ्च साउदी अरबले मोरङको बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।
उनीहरुले बाढी पीडितभएका विद्यार्थी तथा अभिभावकहरुलाई राहत सामाग्री वितरण गरेका छन् । विराटनगर – १९ मा रहेको श्री जागृती आधरभूत विद्यालयमा अध्ययन गर्ने बाढी पीडित ३४ जना विद्यार्थीहरुलाई स्टेशनरीको सामाग्री वितरण गरेको संस्थापक नवराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीहरुलाई स्कूल जाने ब्याग, कलम, कापीलगायतको सामाग्री वितरण गरेको बताए । त्यस्तै मोरङको लोहन्द्रा खोलाबाट पीडित भएका बेलबारीका बाढी पीडितलाई समेत राहत सामाग्री वितरण गरेको छ । मञ्चले बाढी पीडित प्रतिघर २५ केजी चामल र फाइबरको सिरक वितरण गरेको संस्थापक काफ्लेले बताए ।