विराटनगर/ विराटनगर – ९ अस्पतालचोकमा केन्द्रीय कार्यालय रहेको फोकस रिफरेन्स डाइग्नोष्टिक सेन्टर प्रा.लिले हालै जारी भएको स्वास्थ्य प्रयोगशाला सम्वन्धी व्यवस्थामा उल्लेख गरेको मापदण्डा पुरा गर्न तिर नलागेर मिडियाबाजी गर्न थालेको छ ।

आवश्यक पूर्वाधार देखि जनशत्ती र मापदण्ड बेगार फोकसले विराटनगरको तीन ठाउँमा शाखा विस्तार गरेको पाएपछि जिल्ला जनस्वास्थय कार्यालय मोरङले विराटनगर – ४ कञ्चनबारीमा रहेको शाखा कार्यालय शिलबन्दी गरेको थियो ।

बन्द गरेको ल्याबका कर्मचारीलाई जानकारी नदिकन शिलबन्दी गरेको भन्दै फोकस अहिले माडियाबाजी गर्न थालेको हो ।फोकसले थप शाखा सञ्चालन गर्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा निवेदन दिएको थियो ।

जनस्वास्थ्य कार्यालयले हालै जारी भएको स्वास्थ्य प्रयोेगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिकाको दफा ११(१) देखि ११(४) सम्म शाखा तथा संकलन केन्द्र संचालन सम्बन्धी व्यवस्था प्रकृया नपुगेको कारण ३० दिन भित्र फोकसको शाखा कार्यालयहरुको ल्याब बन्द अथवा बन्द गरेको जानकारी गराउन पत्रचार गरेको थियो ।

फोकसले शाखा तथा संकलन केन्द्र बन्द भएको कुनै जानकारी जनस्वास्थ्य कार्यालयलाई नदिएपछि संयुक्त जिल्ला अनुगमन समितिले शाखा कार्यालय शिलबन्दी गरेको थियो ।

हालै जारि भएको निर्देशिकामा उल्लेख भए अनुसारको ‘बी’ ग्रेडको ल्याबले मात्र शाखा तथा संकलन केन्द्र विस्तार गर्न पाउछन्,’ जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत हरी खत्रिले भने, ‘मोरङमा अहिलेसम्म कुनैपनि ल्याब बी ग्रेडको छैन ।’

तर, फोकसले बी ग्रेडको ल्याब रहेको दाबी गर्दै पूर्वाधार र आवश्यक जनशक्ति बेगार शाखा वितस्तार गरेको हो । फोकसले हालसम्म पनि बी ग्रेडको ल्याव संचालन इजाजत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नदिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आवश्यक कागजपत्र बेगार पोकसले अहिले मौखिक रुपमा बी ग्रेडको ल्याब भन्दै मिडियाबाजी गर्दै आएको छ ।