लहान । वन कर्मचारीको टोलीले आज सिरहाको लहान नगरपालिका– १८ बाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । जिल्ला वन कार्यालय सिरहाका सहायक वन अधिकृत रामभगत यादवको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा लहान नगरपालिका–१८ स्थित इस्लाम मियाँको घरबाट करिब रु दुईलाख ५० हजार मूल्य बराबरको काठ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको काठ जिल्ला वन कार्यालय सिरहामा ल्याइएको छ । यसबारेमा आवश्यक अनुसन्धान थालिएको जिल्ला वन अधिकृत सुनीलकुमार सिंहले जानकारी दिए
लहानमा ठुलो परिमाणमा काठ बरामद
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































