बम आतंक, रामचन्द्र पौडेललक्षित बम प्रहार
धरान/कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपालडाँडामा बम प्रहार भएको छ ।
बम प्रहारबाट एक प्रहरी घाइते भएको र पौडेल चढेको बा १३ च ३७४२ नं को जिपको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट हुँदा ८ जना घाइते बनेका छन् । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते बनेका छन् ।
यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।
त्यस्तै भोजपुरमा पनि अज्ञात समुहले राखेको बम पड्कदा एमाले कार्यकर्ता विक्रम राई गम्भीर घाइते बनेका छन् । प्रहरीले बम प्रहार गर्नेको खोजी भइरहेको जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































