धनकुटाबाट विप्लवका दुई नेता पक्राउ
धरान/धनकुटा प्रहरीले शनिबार दुईजना विप्लव माओवादीका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महालक्ष्मी नगरपालिकाका सचिव विशाल मगर र पाख्रीवास नगरपालिकाका सचिव आलोक भनिने हरी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । चुनावलाई लक्षित गर्दै प्रहरीले हाल विप्लवका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ ।
सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एवं एसपी सुदिप राजभण्डारीले जानकारी दिए । हालसम्म प्रहरीले धनकुटाका विभिन्न स्थानबाट ८ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































