विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसीनवारीका स्थानीयबासीले आरती स्ट्रिप्सबाट निस्कीने प्रदूषण नियन्त्रण गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।
दुइदिन यतादेखी लगातार रुपमा आन्दोलनमा उत्रिता पनि सो उद्योगले प्रदूषण नियन्त्रण गर्न कुनै चासो नदेखाएपछि स्थानीयले आइतबार मोरङका साहयक प्रमुख जिल्ला अधिकारी शेषनारयण पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले उद्योगबाट निस्किने प्रदूषणले स्थानीय बीरामी पर्न थालेको र उद्योगले थप विस्तार गरेको संरचना दिगो रुपमा व्यवस्थापन नगरी स्थानीयलाई मारमा पर्ने तरीकाले हचुवाको भरमा विस्तार गरेको भन्दै बस्तीका २ सय घर परिवार हिजो शनविारदेखि आन्दोलित हुँदै आएका छन् । चरणबद्ध रुपमा आन्दोनमा उत्रिता पनि उद्योगले हाम्रो माग सुनवाइ नगरेपछि स्थानीय प्रशानलाई जानकारी गराएको संघर्ष समितिका संयोजक फडिन्द्र निरौलाले बताए । ‘स्थानीयबासीको समस्या लिएर प्रशासनमा जानकारी गराएका छौं,’ उनले भने ‘समस्याको समाधान नभए कानुनी प्रक्रिया अगाडी बढाउनेछौं ।’ ज्ञापन पत्र बुझाउँदै उनले भने, ‘उद्योगबाट निस्कीने प्रदूषणमात्र होइन अहिले थप विस्तार गरेको भवन निमार्ण गर्दा बसिनस्क्नु भएको छ । ठूला ठूला उपकरणहरु प्रयोग गरि बस्ती नै उठिबास लगाउन आटेको उनीहरुको भनाई छ । ‘उद्योगको मेसिन चल्दा भूकम्प आएजस्तो हुन्छ,’ स्थानीय सीता अधिकारीले प्रशान कार्यालयमा भनिन्, ‘मेसिनको आवजले सुत्न पाएको छैन् ।’
े समस्या सुनेपछि ज्ञापन पत्र बुझदै सायक प्रमुख जिल्ला अधिकारी पौडेलले उद्योगले गैरकानुनी क्रियाकलाप गरेको रहेछ भने प्रक्रिया रोक्का गर्ने बताए । उनले भने, ‘तपाइहरुको समस्यालाई मैले गम्भिर रुपले लिएको छु । हामी उद्योगलाई सचेत पत्र पठाउछौ ।’
प्रदूषण नियन्त्रण गर्न माग राख्दै प्रशासनमा ज्ञापन पत्र
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































