काठमाडौं/ स्कुलका किशोरी र तिनका आमाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामूलक तालिम दिइएको छ । माउन्ट ग्यालरी इन्टरनेशनल स्कुलमा अध्ययनरत ६ कक्षा देखि १० सम्मका छात्रा र उनीहरुका आमालाई प्रजनन स्वास्थ्य, किशारोवस्थामा हुने परिवर्तन र त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने र महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ र हेरचाहका विषयमा जानकारी दिइएको हो।
डा तोसिमा कार्कीले उक्त तालिम दिएकी हुन् । एलसी नेपाल हिमालयन एक्सिलेन्स, लियो नेपाल एक्सिलेन्स र माउन्ट ग्लोरी स्कुलले संयुक्त रुपमा कार्यक्रममा आयोजना गरेका हुन् । लायन शोभा जोशीको आतिथ्यमा सम्पन्न कार्यक्रमममा लायन्स क्लबले महिला स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो।
कार्यक्रममा महिलाहरुमा आउने समस्या र तिनीहरुका समाधानका विषयमा पनि छलफल भएका डा कार्कीले बताइन् । उनले शहरिया महिला तथा किशोरीमा पनि महिनावारी सम्बन्धि समस्या र सरसफाईका विषयमा प्रशस्त जानकारी नभएको बताइन् । उनले भनिन्, ‘उनीहरुमा जुन रुपको जानकारी हुनुपर्ने थियो, त्यो पाइएन । दुर्गम क्षेत्रका हालत झन् कस्तो होला ?’
स्वास्थ्य खबरपत्रिका