विराटनगर/ जनस्वास्थ्य कार्यालय मोरङले विराटनगर क्षेत्रमा सञ्चालनमा रहेको ७ वटा स्वास्थ्य संस्था विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । जनस्वास्थ्य कार्यालयले विराटनगरमा आज सोमबार एक कार्यक्रम आयोजना गरी महानगर क्षेत्रमा सञ्चालनमा रहेको ५ वटा सहरी स्वास्थ्य कार्यालय, १ वटा प्राथामिक स्वास्थ्य चौकी र १ वटा स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो ।

विराटनगर – १ मा रहेको शहरी स्वास्थय केन्द्र, विराटनगर ५ मा रहेको शहरी स्वास्थय केन्द्र कोचाखाल, विराटनगर ६ मा रहेको शहरी स्वास्थ्य केन्द्र रामपुर, विराटनगर १२ मा रहेको शहरी स्वास्थ्य केन्द्र बख्री, विराटनगर १४ मा रहेको शहर िस्वास्थय केन्द्र जतुवा, विराटनगर १५ मा रहेको प्राथामिक स्वास्थय केन्द्र रानी र विराटनगर १९ मा रहेको स्वास्थ्य चौकी बैजनाथपूर विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्र देव मेहताले विराटनगर महानगरपालिको प्रमुख भिम पराजुलीलाई चलअचल सम्पतीसहितको विभिन्न कागजपत्र हस्तान्तरण गर्नुभएको थियो । देश संघियतामा गइसकेपछि स्थानिय स्तरबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुपमा स्थानिय तहलाई संस्थाहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्षेत्रिय जनस्वास्थ्य कार्यालय धनकुटाको प्रमुख महेश खनालले महानगरपालिको नयाँ जिम्मेवारी थप भएकोले सफलता पूर्वक काम गर्दै अगाडी बढन आग्रह गरे । उनले स्वास्थ्य पहूच नपुगेको ठाउँमा प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । ‘सरको नयाँ निर्देशिका र डाचा अनुसार काम गनुपर्ने हुन्छ,’ उनले भने,‘कुनै समस्यामा आएमा हाम्रो साथ र सहयोग दिन तयार छौं ।’ उनि भन्छन,‘जनतालाई स्वास्थ्यको पहुचबाट टाढा हुन नदिन साझेदारीकासाथ काम गरुम ।’ ८४ वर्षका नागरिकले घरमै उपचार पाउने विराटनगर महानगरपालिकाले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घर–घरमा पुगरे स्वास्थ्य उपचार गर्ने निती ल्याएको छ । महानगरपालिका क्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिकको हकमा यो सेवा लागू हुनेछ ।

‘महानगरपालिको परिषदले यो निती ल्याएको हो,’ विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुलीले भने, ‘जनताको आधरभूत स्वास्थ्य उपचार भएकोले यो निती चाँडै लागु हुनेछ ।’ महानगरपालिकाले ९८ लाख ९५ हजार रुपैयाँ स्वास्थ्य क्षेत्रमा बजेट बिनायोजन गरेको प्रमख पराजुलीले जानकारी दिए । उनी भन्छन्,‘नगर क्षेत्रको जेष्ठ नागरिकको पहिचान गरी उपचार सेवा लागु गर्छौ ।’ यसको लागि महानगरपालिकाले निजी स्वास्थ्य संस्थासँग पनि सहकार्य र सल्लाह गरी अगाडी बढेको बताइएको छ ।

स्वास्थ्य उपचारमा १० प्रतिशित छुट दिने व्यवस्थान ऐनमा उल्लेख छ,’ उनले भने, ‘नगर क्षेत्रमा सञ्चालित हस्पिटलहरुमा यो सुविधा प्रभावकारी लागू गर्छौ । जनस्वास्थ्य कार्यालय मोरङले विराटनगर क्षेत्रमा सञ्चालनमा रहेको ७ वटा स्वास्थ्य संस्था विराटनगर महानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले आर्थिक अभाव भइ उपचार बाट बन्चित हुनुपर्ने समस्याको अन्त्य गर्ने बताए । ‘स्वास्थ्यको पहुँचबाट कोही पनि नगरबासी बन्चित हुनपाउँदैन,’ प्रमुख पराजुलीले भने, ‘महानगरपालिकाबाट स्वास्थ सेवा थप प्रभावकारी बनाउदै लैजानेछौं । उनले भने, ‘जनताको आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्न महानगरपालिका लागि पर्छ । आर्थिक अभाव भइ खर्च अभावले कोही पनि नगरबासीलाई महानगरपालीले मर्ने दिने छैन ।