भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरले सरकारी लगानी अनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुखेसो पोखेका छन् । भद्रपुर जेसीजको संयोजनमा मंगलवार भद्रपुरमा अञ्चल अस्पताल प्रशासनसित गरिएको नागरिक अन्र्तक्रिया कार्यक्रमा सहभागीहरुले सुधारको चरणमा अस्पताल आइपुगे पनि नागरिक सेवामा सरकारी लगानी अनुरुप काम हुन नसकेको सरोकारवाला नागरिकहरुको गुनासो रहेको हो । सहभागीहरुले विपन्न वर्गको पहुँचमा अस्पतालको सेवा आउन नसकेको, डाक्टरहरु निजी अस्पतालमुखी भएको, प्रशासनमा जनमैत्री सेवा अभाव भएको, राजनीतिक पहुँच र जातीय, क्षेत्रीय संकुचनमा अस्पताल प्रशासन अल्मलिएको स्थानीयको आरोप थियो । कार्यक्रममा अस्पतालको विगत वर्तमान अवस्था वारे मेडिकल सुपरीेटेन्ड डा. पिताम्वर ठाकुरले कार्यपत्र पेश गर्दै २२ जना विशेषज्ञ सहितको दरबन्दी रहेको अस्पतालमा १२ वटा पद खाली रहेकोले सेवा दिन समस्या परेको प्रष्ट पारे । उनले सेवाग्राही सरोकारवालाका गुनासा बारे उत्तर दिँदै सरकारी लगानीलाई जनताको सेवामा पूर्ण रुपमा खर्च गरेको दाबी गरे । अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले आफूले नेतृत्व सम्हाल्नु अगाडिको अस्पतलको अवस्था र अहिलेको अवसथामा आमूल परिवर्तन भएको सपष्ट पारे । उनले गरिव दुखीको सेवा पहिलो प्राथमिकतामा राखेर असपताल सुधार अभियान चलिरहेको दाबी समेत गरे । भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारी रहेका थिए ।