भद्रपुर/स्थानीय तह, प्रतिनिधि र प्रदेश सभा तिनै तहमा अपाङ्गताको प्रतिनिधित्व हुनु पर्ने राष्ट्रियअपाङ्ग महासंघ झापाले सरकार समक्ष माग गरेका छन् । महासंघले विहीवार भद्रपुरमा संस्थाले गरेको गतिविधिलाइ पत्रकार मार्फतसार्वजानिकीकरण कार्यक्रममा यस्तो माग अघि सारेका हुन् ।
राष्ट्रिय सभामा हुने ५९ जनाको प्रतिनिधित्वमा तिन महिलामा एक हुनुपर्ने नभएपनि अपाङ्गता वा अल्पसङख्यक नभनी अपाङ्गतानै अनिवार्य हुनुपर्ने उनहिरुले अनुरोध गरेका छन् ।झापामा अपाङ्गताको जनसंख्या कम देखिएका कारण पनि प्रतिनिधित्व हुननसकेको समस्या देखाउदै अपाङ्गताको कोटा निश्चत गरिनु पर्ने महासंघ झापाका सचिव ऋषि चापागाँइले बताए । केहि स्थानमाअपाङ्गताको सहभागिता भएपनि कोटा छुट्याएमा समस्याको समाधान हुने उनको भनाइ छ ।
महासघंले चालु आर्थिक वर्ष ७४/७५मा हालसम्म चारवटा महत्वपुर्ण कार्यक्रम सम्पन्न गरिसकेको उनले जनाए । महासंघले भदौ महिनामा अपाङ्गता भएका व्यत्तिका लागि भएका नितिगत व्यवस्था र तिनको कार्यान्वयनको लागि स्थानीय तहका प्रतिनिधिसंग अन्तरक्रिया, स्थानीय तहका सरकारी ,गैर सरकारी ,नीजि क्षेत्रका सरोकारवालाहरुसँगअपाङ्गताका सवालहरुको समावेशीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरिसकेको उनले जनाए ।
त्यसैगरि मंसिरमा संघीय संरचनामा अपाङ्गत अधिकार कर्मिहरुको भुमीका ,नीतिगत परिवर्तन साथै सेवा सुविधाको बारेमा स्थानीय तहमा मागपत्र पेश गरिसकेको र आफ्ना गतिविधिलाइ मिडिया साझेदारी मार्फत सार्वजानिकीकरण गरिएको उनको भनाइ छ । हाल झापामा ९ हजार ७२ जना अपाङ्गता भएका व्यत्ति रहेको महासंघले जनाएको छ ।