सुनसरी । चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।
गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् । एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको थियो । गच्छदार शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री छन् ।सुनसरीमा पछि परे गच्छदार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































