झापाको १ र ३ नम्बर क्षेत्रमा नेपाली काग्रेसको आस गर्ने ठाउ मानिएको क्षेत्र समेत नाजुक बन्दै गएको छ । ३ नम्बर क्षेत्रमा काग्रेसका कृष्णप्रसाद सिटौलालाई गठबन्धनका राजेन्द्र लिङ्देनले सुरुवाद देखिनै राम्रो मतले पछारेका छन् ।
राजेन्द्रको १८ हजार १ सय ८२ हुदा सिटौला १२ हजार ४ सय ८३ मा चित्त बुझाईराखेका छन् । यो मतको अन्तरले समेत राजेन्द्रको जित सम्भव रहेको अनुमान गर्न सकिन्छ । यता काग्रेसका लागि बाकि एउटा क्षेत्र १ रहेको छ । जँहा विश्वप्रकाश शर्मालाई गठबन्धनका सुरेन्द्र कार्कीले सुरुवाद देखि कम्ती मतले पछि पार्दै आएका थिए । तर यो अनुपात बढेर अहिले यस्तो पुगेको छ ।
झापा क्षेत्र ननम्बर १ को प्राप्त पछिल्लो परिणाम
माओवादी सुरेन्द्रकुमार कार्की १६०५७
कांग्रेस विश्वप्रकाश शर्मा १५२३३
फरक ८६४ अव यस क्षेत्रमा समेत काग्रेसले जित हासिल गर्न नसके झापामा काग्रेस निल हुने सम्भावन देखिन्छ ।