मोरङ/ “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत आज रानी प्रहरीले ५५ हजार मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिहान भारतबाट तस्करी गरी ल्याउँदै गरेको अन्दाजी ५५ हजार मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा तथा हरियो सब्जी बरामद गरेको हो।

बरामद सामान आवश्यक अनुसन्धान पश्चात कार्बाहीकालागी आजै भन्सार कार्यालय रानी बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।