धरान । सुनसरीको क्षेत्र नं. १ क प्रदेश सभा सदस्यमा नेकपा एमालेका प्रदीप भण्डारी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका किशोर राईलाई भारी मतान्तरले पराजीत गरेका हुन् ।
बाम गठबन्धनका साझा उम्मेदवार प्रदीप भण्डारी १९,२४३ मत ल्याएर विजयी भए भने लोकतान्त्रिक गठबन्धनका किशोर राईले १३,७७० मत प्राप्त गरेका थिए ।