विराटनगर । मोरङमा १२ वटा प्रदेश सभामध्धे ८ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजानिक गरेको छ । आइतबार विहानसम्मको घोषित मत परिणाम अनुसार ५ वटामा वामगठबन्धन र ३ वटामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्य निर्वाचन क्षेत्र २ र ५ नम्बर क्षेत्रको मत गणना हुने क्रम जारीछ ।

मोरङको क्षेत्र नम्बर १ को दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भए ।‘क’ मा माओवादी केन्द्रका कुलप्रसाद साम्बा(लिम्बु) ले १९ हजार ५ सय ५४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका ललित अधिकारीलाई १ हजार ८ सय ३१ मत अन्तरले पराजित गरे । काँग्रेसका ललितले १५ हजार २ सय ६३ मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका उपेन्द्र प्रसाद घिमिरेले १७ हजार १ सय १७ मत ल्याएर विजयी भएका छन् । घिमिरेका निकटतम प्रतिद्धोन्द्धी नेपाली काँग्रेसका इश्वरी कोइरालालाई २ हजार ८ सय ७ मतअन्तरले पराजित गरे । काँग्रेसका कोइरालाले १४ हजार ३ सय १० मत प्राप्त गरेका छन् । ३ मा प्रदेशतर्फमा ‘क’ मा काँग्रेस र ‘ख’ मा एमालेका उम्मेदवार विजयी भए । ३ को ‘क’ मा काँग्रेसका सुयर्मा राज राईले २० हजार २ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता तिम्सिनालाई ९ सय मत अन्तरले पराजित गरे । माओवादी केन्द्रकी तिम्सिनाले १९ हजार ३ सय ९९ मत प्राप्त गरे । ४ नम्बर क्षेत्रको प्रदेशतर्फको दुई वटै क्षेत्रमा बामगठबन्धनका उम्मेदवार विजयी भए । ४ को ‘क’ मा माओवादी केन्द्रका विजय कुमार विश्वासले १८ हजार २ सय ८९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका भक्तिनाथ माझीलाई ३ हजार ६६ मत अन्तरले पराजित गरे । काँग्रेसका माझीले १५ हजार २ सय २३ मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका जीवन घिमिरेले १३ हजार ८ सय ५ मत ल्याए विजयी भए । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका विश्वनाथ रिजाललाई २ हजार १ सय ८० मत अन्तरले पराजित गरे । काँग्रेसका रिजालले ११ हजार ६ सय २५ मत प्राप्त गरे । ६ मा काँग्रेसले दुवै निर्वाचन क्षेत्रमा विजयी भए ।  ६ को ‘क’ मा चुमनारयण तवदारले २३ हजार ५ सय १३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जीवन आचार्यलाई २ हजार ४३ मत अन्तरले पराजित भए । माओवादीका आचार्यले २१ हजार ४ सय ७० मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसका केदार कार्कीले ११ हजार २ सय ९८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका रमेश पोखरेललाई ३ हजार १ सय ७८ मतले पराजित गरे । एमालेका पोखरेलले ८ हजार १ सय २० मत प्राप्त गरे ।