झापा । झापाको भद्रपुर नगरपालिका १० स्थित सिर्जना टोलमा शनिबार साँझ जिपको ठक्करबाट ३ बर्षिय बालकको मृत्यु भएको छ।
भित्री सडक खण्ड अन्तर्गत मे १ ज १८४२ नम्बरको जिपको ठक्करबाट साँझ ५ बजे बाटोमा खेलीरहेको बेला सोही ठाउँका देबेन्द्र बास्तोलाको ३ बर्षिय निदित बास्तोलालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाईते बालकको बिर्तामोडस्थित बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ठक्कर दिने जिप प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ।