धरान । सुनसरी क्षेत्र नं। ३ प्रतिनिधी सभामा नेकपा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदार भन्दा पछि परेकी छन् । मतगणनाको सुरुवातदेखि नै एमालेकी भगवती चौधरीले अग्रता लिदै गएको भएपनि पछिल्लो मत परणिाममा निरन्तर मतान्तर घटाउदै गच्छदारले अहिले अग्रता लिन सफल भएका छन्। सुरुवातमा चौधरीले ३ हजारसम्मको अग्रता लिएकी थिइन् भने अहिले गच्छदारले ३२ मतको अग्रता लिएका छन्।  नेकपा एमालेकी भगवती चौधरीले २७,७४४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २७,७१२ मत प्राप्त गरेका छन् ।