तेह्रथुम/तेह्रथुममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा बामगठबन्धनले क्लीनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बामगठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
[caption id="attachment_64162" align="alignleft" width="395"] लक्ष्मण तिवारी[/caption]प्रतिनिधि सभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ विजयी भएका छन् । खापुङ्गले २१ हजार ३ सय ३५ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पराजुलीले बताए । खापुङ्गको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सीता गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन् । एमालेबाट तेश्रो पटक उम्मेदवार वनेका खापुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै तेह्रथुमबाट विजयी भएका हुन् । यसै गरि संघिय लोकतानिन्त्रक राष्ट्रिय मंचका संकरमान खेवाले ९ सय १० मत, संघिय समाजवादी फोरमका तुलसी प्रसाद अधिकारीले १ सय ५६ मत, नेकपा मालेका डिल्ली वहादुर अधिकारीले १ सय ४५ मत प्राप्त गरेका छन । यसै गरि राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारीले ३३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीले ६३ मत, नया शक्ति पार्टीका टंक प्रसाद भट्टराईले १ सय ७० मत प्राप्त गरेका छन । यसै गरि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रियवादीका गौरी प्रसाद कन्दङ्गवाले ४६ मत, मंगोल नेशनल अर्गनाईजेसनका गंग वहादुर लिम्वुले ४५ मत र देशभक्त जनतान्त्रिक मोर्चाका कालि वहादुर फुदोङले ३१ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा १ हजार ९ सय मत वदर भएका छन ।
प्रदेश सभातर्फ पनि नेकपा एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएका छन । यस्तै प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका लक्ष्मण तिवारी विजयी भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका तिवारीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गेरेका छन् । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गरेका छन् भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् । यसै गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका देउनारायण सम्वाहाम्फेले ७७८ मत, संघिय समाजवादी फोरमका सुर्य वहादुर लिम्वुले १ सय ४७ मत, नेकपा मालेका माधव प्रसाद खनालले १ सय ४६ मत प्राप्त गरेका छन । यसै गरि राष्ट्रिय जनमुक्ति पार्टीका सुर्य वहादुर थापाले १ सय २ मत, नया शक्ति पार्टीका विष्णु दाहालले १ सय २३ मत, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रियवादीका धनराज कन्दङ्गवाले २२ मत, मंगोल नेशनल अर्गनाईजेसनका ढलेश्वर लिम्वुले ४१ मत प्राप्त गरेका छन् । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो । भने ८ सय ९१ मत बदर भएको थियो ।
प्रदेश सभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २ सय ५५ मतले पराजित गरेका छन् । कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरेका छन् भने सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकारी निर्मल कुमरा राईले बताए । यसै गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका विष्णु कुमार चोङवाङ्गले ५ सय २६ मत, संघिय समाजवादी फोरमका मानध्वज सम्वाहाम्फेले ८२ मत, राष्ट्रिय जनमुक्ति पार्टीका मानवहादुर लिम्वुले ५३ मत, नया शक्ति पार्टीका राजेन्द्र कन्दङ्गवाले १ सय ४६ मत, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रियवादीका यसोदा देवी कार्कीले ६८ मत, मंगोल नेशनल अर्गनाईजेसनका डम्वर लिम्वुले २७ मत प्राप्त गरेका छन् । जिल्लाका फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका सम्मिलित सो प्रदेश निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । जसमा ७ सय १२ मत बदर भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए । कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो । विजयी उम्मेदवारहरुले जिल्लालाई नमुना जिल्ला बनाउने बताएका छन ।
[caption id="attachment_64166" align="alignleft" width="464"] तेजमान कन्दङवा[/caption]तेह्रथुममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा बाम–गठबन्धनले क्लीन स्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधि सभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका हुन् । एमालेबाट तेश्रो पटक उम्मेदवार बनेका खापुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गर्दै तेह्रथुमबाट दोश्रो पटक निर्वा्चित भक्एकाे हाे । प्रदेश सभातर्फ पनि नेकपा एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएकाे हाे । प्रतिनिधि सभातर्फ विजयी खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गरेकाे हाे। उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सीता गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन् । यस्तै प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका लक्ष्मण तिवारी विजयी हुनुभएको छ । एमाले जिल्ला अध्यक्ष समेत रहेका तिवारीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गरेकाे हो । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गरेकाे छ भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो । प्रदेश सभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी भएको हो । उनले नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २ सय ५५ मतले पराजित गरेकाे हो । कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरेकाे छ भने सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरे । जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो प्रदेश निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । सो क्षेत्रका ७ सय १२ मत बदर भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए । कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो ।