पाँचथर/ पाँचथरमा समानुपातिक तर्फको पनि अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुबै तर्फ एमाले पहिलो भएको छ । एमालेले प्रतिनिधि सभा तर्फ २६ हजार नौ सय ३३ र प्रदेश सभा तर्फ २४ हजार एक सय सात मत प्राप्त गरेको छ । दोस्रो स्थान हाँसिल गरेको नेपाली काँग्रेसले प्रतिनिधि सभामा १७ हजार नौ सय ३५ र प्रदेश सभामा १५ हजार आठ सय ५५ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा दश हजार एक सय ९१ र प्रदेश सभामा ११ हजार एक सय ६३ मत प्राप्त गरेको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभा र प्रदेश सभामा क्रमशः दुई हजार तीन सय ८३ र दुई हजार चार सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार तीन सय ७५ र तीन हजार नौ सय ६८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुई हजार तीन सय दुई हजार सत सय दुई, एकीकृत राप्रपा राष्ट्रवादीले चार सय ७४ र छ सय ४४ अनि नेकपा मालेले तीन सय ८५ तीन सय ३६ मत पाएको जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले बताए ।