विराटनगर / भाइबरमार्फत सर्वसाधरणको लाखौ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मुख्य नाइके अबैध हुण्डी कारोवारी अनुप सेठिया र उनका सहयोगी पूर्पक्षकालागि जेल चलान भएका छन् । मोरङ अदालतले सेठियासहित ६ जनालाई पुर्पक्षकालागि जेल चलान गर्न बुधबार आदेश दिएको हो ।

[caption id="attachment_64540" align="aligncenter" width="2048"] पक्राउ परेका सेठियासहित उनका अन्य सहयोगीहरु ।
फाइल तस्बिर[/caption]

अदालतले चार जनालाई सम्पत्ती शुद्धिकरणमा पनि थप मुद्दा चलाउन आदेश दिएको छ ।

मोरंग जिल्ला अदालतका न्यायधिश महेन्द्रप्रसाद पोखरेलको ईजलासले ठगीका आरोपीहरु बिराटनगर ७ का ५५ बर्षिय अनुप सेठिया सहित उनका भतिजा ४० बर्षिय ललित सेठिया र सहयोगीहरु २७ बर्षिय श्रवण कुमार बिश्वास, सुनसरी दुहवी भलुवा नपा ६ का २९ को बलराम बिश्वास ७ का सनीदेवल बिश्वास र भारत बिहार राज्य दरबंगा जिल्ला सुन्दरपुर २ का ३७ बर्षिय पंकज कर्णलाई ठगी आरोपमा पुर्पक्षकालागि मोरंग कारागार चलान गर्ने आदेश गरेको हो ।

सहयोगी बिमल चिमोरियालाई चाँही अदालतले साढे तीन लाख रुपैया धरौटीमा छाडन आदेश गरेको छ । तर धरौटीमा छाडेपनि चिमोरिया सहित मुख्य नाइके भनिएका अनुप सेठिया, ललित सेठिया र भारतीय नागरिक पंकज कर्णलाई अकुत सम्पत्ती आर्जन गरेको आरोपमा सम्पत्ती शुद्धिकरणमा पनि मुद्दा चलाउन अदालतले मोरङ प्रहरीलाई अनुमति दिएको छ ।

सेठियाले विराटनगर ७ मेन रोड स्थित आफनो घर समेत रहेको सेठिया मार्केटमा कार्यालय संचालन गरेर बषौदेखी हुण्डीको अबैध कारोवारसँगै भाइबरमार्फत चिठा परेको छ भन्दै लाखौ रुपैयाँ ठगि गर्दै आएका थिए । मोरंग प्रहरीले विशेष प्रहरी परिचालन गरी सेठियासहित उनका सहयोगिलाई ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित ३० कार्तिक विराटनगरबाट पक्राउ गरेको मोरङका एसपी अरुणकुमार बिसीले जानकारी दिए ।