विराटनगर । मोरङमा प्रतिनिधि सभामा वाम गठबन्धनले बर्चश्व कायमा राख्न सफल भएको जिल्लामा सामानुपातिकमा भने नेपाली काँग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । बुधबार सम्पन्न भएको सामानुपातिकतर्फको घोषित मत अनुसार नेपाली काँग्रेसले प्रतिनिधि र प्रदेश सभामा सबैभन्दा बढी मत ल्याएको हो । प्रतिनिधि सभामा १ लाख ६० हजार ५ सय ५३ मत ल्याएर मोरङमा पहिलो भएको छ । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारी अनुसार प्रदेशतर्फ काँग्रेसले १ लाख ४५ हजार ८ सय ६ मत पाएको छ । प्रतिनिधि र प्रदेशत सभाको सामानुपातिकमा एमाले दोस्रो मत ल्याएको छ । एमालेले प्रतिनिधि सभामा १ लाख ४४ हजार ८ सय २४ मत पाएको छ भने प्रदेशमा १ लाख ३१ हजार १ सय ६० मत पाएको छ । तृतीय मत माओवादी केन्द्रले ल्याएको छ । प्रतिनिधि सभामा ४४ हजार ९ सय ५१ मत प्राप्त गरेको छ भने प्रदेशमा ४९ हजार ८ सय ७८ मत पाएको छ । संघिय समाजवादी फोरम नेपालले प्रतिनिधि सभामा ३० हजार ३ सय १५ मत ल्याएको छ भने प्रदेशमा २९ हजार २ सय ५५ मत प्राप्त गरेको छ । ६ वटा निर्वाचन क्षेत्र रहेका मोरङमा काँग्रेसले निर्वाचन क्षेत्र नम्बर १ को (‘क’ मा १० हजार ६८ मत, एमालेले १३ हजार ५ सय मत र माओवादीले ४ हजार ९ सय ३६ मत प्राप्त गरेको छ । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसले ११ हजार ७ सय ६४, एमालेले ११ हजार ७ सय ७९ र माओवादीले ४ हजार २ सय १६ मत प्राप्त गरेको छ । २ नम्बर निर्वाचन क्षेत्रको ‘क’ मा काँग्रेसले १३ हजार ७०, एमालेले ९ हजार ६ सय ३१ र माओवादीले ३ हजार ९ सय ३९ मत प्राप्त गरेको छ । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसले १५ हजार ४ सय ३९, एमालले १२ हजार ७ सय ३० र माओवादी केन्द्रले ३ हजार ६ सय ३४ मत प्राप्त गरेको छ । ३ को ‘क’ मा काँग्रेसले १५ हजार ९ सय ६०, एमालले १५ हजार ७ सय ६९ र माओवादीले ५ हजार ४ सय ४१ मत पाएको छ भने सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसले १५ हजार ९ सय ६०, एमालले १७ हजार ४ सय २२ र माओवादीले ४ हजार ५ सय ४९ मत पाएको छ । ४ को ‘क’ मा काँग्रेसले ११ हजार ४ सय ३१, एमालले ११ हजार ३ सय १२ र माओवादी केन्द्रले ४ हजार ३ सय ७२ ल्याएको छ भने सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसले १० हजार ५४, एमालले ८ हजार ६ सय ४४, माओवादीले २ हजार ३ सय ६ मत पाएको छ । ५ को ‘क’ मा काँग्रेसले ७ हजार ४ सय ३०, एमालले ५ हजार ४ सय ५१, माओवादी केन्द्रले ४ हजार ९ सय ९६ मत ल्याएको छ । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसले ७ हजार १ सय ८७, एमालेले २ हजार ४ सय २ र माओवादीले ४ हजार ८ सय ८५ मत पाएको छ । ६ को ‘क’ मा काँग्रेसले १७ हजार ७ सय, एमालले १५ हजार ५ सय ४९, माओवादीले ५ हजार २ सय ३३ मत ल्याएको छ भने सोही निर्वाचन क्षेत्रको ख मा काँग्रेसले ६ हजार ४ सय ५२, एमालेले ६ हजार ४ सय ८२ र माओवादी केन्द्रले १ हजार १ सय ७१ मत ल्याएको छ । ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ४ लाख ५९ हजार १ सय ७२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।