[caption id="attachment_64683" align="aligncenter" width="720"] श्री पब्लिक माध्यमिक विद्यालय[/caption]

रङ्गेली /वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका रोटर्याक्ट क्लब अफ धरान घोपा, बिराटनगर लेडिज सर्कल, बिराटनगर प्लेटिनम राउन्ड टेबललगायत संस्थाले बुधबारबाट ६ दिने प्राथमिक उपचार तालिम शुरू गरेकाे छ ।

[caption id="attachment_64682" align="aligncenter" width="720"] भानु मेमोरियल स्कुल[/caption]

'प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ, कोही नछुटौ' अभियानका साथ सञ्चालित तालिमकाे दाेस्राे दिन बिहीबार रङ्गेलीमा गरिएकाे छ । भानु मेमोरियल स्कुल र पब्लिक माध्यमिक विद्यालयमाका  १२ शिक्षक र २२० विद्यार्थीहरु सहभागी छन् । तालिमले स्वास्थ्य चेतना वृद्धि हुने बिराटनगर प्लेटिनम राउन्ड टेबलका अध्यक्ष डा. बिमल अग्रवालले बताए।

पानीमा डुबिरहेको, कुकुरको टोकाइ, सर्प टोकाइ, हातखुट्टा भाचिएका, नाकबाट रगत बगिरहेको, विषादी सेवन, रगत बगेकाे आदिजस्ता अवस्थामा कसरी प्राथमिक उपचार गरेर ज्यान बचाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको डा. अस्मिता रानाले जानकारी दिइन्। प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्ष अध्यनरत रोटर्याक्टर शुभमकुमार अग्रवालले प्राथमिक उपचार तालिममा सहजीकरण गरेका छन् । उनका अनुसार प्राथमिक उपचारबारे तालिमले दुर्घटनामा मृत्युु हुनेको संख्या न्युनिकरणमा सहयोग पुग्नेछ ।

एमिबिबिस तेस्राे वर्षका विध्यार्थीले व्यस्तताका बाबजुद पनि प्राथमिक तालिम सञ्चालन गरेकाे प्रतिष्ठानका प्राध्यपक  दिपककुमार यादवले बताए ।  जिल्लाभर सचेतना कार्यक्रम, र्याली लगायतका अन्य कार्यक्रमहरु आयोजना गर्न लागिएको बिराटनगर लेडिज सर्कलकी अध्यक्ष डा. कोपिला अग्रवालले जानकारी दिइन् ।