इटहरी/ परिक्षा अगावै प्रश्न पत्र आउट गरेको भन्दै पूर्वाञ्चल विश्व विद्यालयमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् । विश्व विद्यालयको सम्वन्धन प्राप्त जीपी कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर गोठगाउँमा विद्यार्थीहरुले विहीबार तोडफोड र आगजनी गरेका हुन् ।
नीजी कलेजले सिफारिस गरेको मोडल प्रश्नपत्र भरमा परिक्षा सञ्चालन गरेको आरोप लगाएका छन् । अन्य परिक्षा समेत वहिस्कार गर्ने समेत विद्यार्थीहरुले चेतावनीदिएका छन् । ब्याचलर अफ साइन्स इन एग्रिकल्चर संकाय पहिलो वर्षको दोस्रो संकायको एग्रिकल्चरल मेटोरोलोजी एण्ड क्लाइमेट चेन्ज विषयका विद्यार्थीले सो आक्रोस पोखेका हुन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै भवनका झ्यालका सिसा फुटाएका छन् । प्रश्नपत्र सार्वजनिकको विषयलाई लिएर घटना भएको हो । घटनाको बारेमा क्याम्पस प्रशासन र विद्यार्थीबीच वार्ता हुने बताइएको छ ।
क्याम्पसनले परिक्षाका सम्वन्धमा अपनाउनु पर्ने सामान्य सावधानी समेत नअपनाएको जनाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुख परिवर्तन गर्न समेत माग गरेका छन् । बुधबारदेखि शुरु भएको परिक्षा अगावै प्रश्न पत्र आउट भएको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरुले परीक्षा रद्ध गर्न माग समेत माग गरेका छन् । आन्दोलित विद्यार्थीहरुले कार्यालयको झ्यालको शिशा तोडफोड गर्नका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाई दिएका छन । ४७ विद्यार्थी अध्ययनरत रहेको यस संकाय अन्तर्गत बुधबारको परीक्षा रद्ध गरी पुनः परीक्षा नगराएसम्म आफनो आन्दोलन नरोकिने बिद्याथीहरुले बताएका छन् । परीक्षा पुनः गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिन लगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने विद्यार्थीहरुको भनाई छ ।