ताप्लेजुङ /ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयका विद्यार्थीले आगलागि पिडित सहपाठिलाई नगद सहयोग गरेका छन् ।
सो विद्यालयमा अध्यानरत कक्षा ११ र १२ का विद्यार्थीद्धारा संकलन गरिएको १६ हजार ५५ रुपैँया आगलागि पिडित सविता यक्सोलाई हस्तान्तरण गरिएको हो ।
आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाम्पाङमा गत मसिंर १९ गते आगलागि हुँदा सविताको सहित ३ घर जलेर नष्ट भएको थियो । आगलागी पिडित आफ्नो साथीलाई पढाई खर्च स्वरुप आफुहरुले सो रकम सहयोग गरेको सो विद्यालयमा कक्षा १२ मा अध्यानरत वलराम पौडेलले वताए।
सहयोग रकम पत्रकार महासंघ ताप्लेजुङ शाखाका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक प्रयास र सो विद्यालयका ११ र १२ मा अध्यानरत विद्यार्थिहरुले सयुक्त रुपमा सवितालाई हस्तान्तरण गरेका हुन् । विद्युत् प्रवाह भई गत मसिंर १९ गते आगलागी हुँदा वडा नम्बर ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । सविताको घर सहित तीनवटै घर र घरभित्र रहेका सामान जल्दा ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको थियो ।