विराटनगर । सितलहर पर्दा पानी चुइने छाप्रो । छाप्रोमा सुत्दा ओढ्ने लुगा छैन् । आङ्ग छोप्ने लुगाहरु बाटो हिड्ने सहयोगीले दिए पनि रात काट्ने न्यानो कपडा शरिरमा नपरेको वर्र्षैं बित्यो । विराटनगर – ११ पिचरा दुर्गा मन्दिरको छेउँमा छाप्रो बनाएर बसोवास गर्ने ७८ वर्षिय वृद्धा चन्द्रकुमारी ठकुरीको कठ्याङग्रिदो जाडोमा कष्टकर तरिकाले जीवन चल्दै आएको छ ।
पुसको सुरुवातदेखिनै सितलहरसँगै मुटु काम्ने जाडो बढेपछि वृद्धा चन्द्रकुमारीले तावामा आगो बालेर रात कटाउने गरेकी छिन् । ‘आफ्नो भन्ने कोही छैन्,’ वृद्धा ठकुरीले भनिन्, ‘मेरो लागि सिरक र डसना भनेकै कागज र कोइला भेला पारी तावामा बाल्ने आगो हो । सिरक र डस्नाको न्यानो कस्तो हुन्छ त्यो अनुभव लिन पाएको छुइन् ।
हिडडुल समेत गर्न नसक्ने वृद्धा चन्द्रकुमारी भन्छिन्, ‘पुस र माघको जाडो थेगेभने त्यसपछि बाँच्छु जस्तो लाग्छ । मंसिरको जाडो त जेनतेन गरि काटे । पुसको सुरुवादेखि नै सितलहरसँगै जाडो बढन थालेको छ,’ उनी भन्छिन्, ‘यो दुःखीलाई रात कटाउने न्यानो हुने कपडा कोही मनकारीले सहयोग गरे यस वर्षको जाडो त काटथेकि ।’ |
हिडडुल समेत गर्न नसक्ने वृद्धा चन्द्रकुमारी भन्छिन्, ‘पुस र माघको जाडो थेगेभने त्यसपछि बाँच्छु जस्तो लाग्छ । मंसिरको जाडो त जेन तेन गरि काटे । पुसको सुरुवादेखि नै सितलहरसँगै जाडो बढन थालेको छ, उनी भन्छिन्, ‘यो दुःखीलाई रात कटाउने न्यानो कपडाकोही मनकारीले सहयोग गरे यस वर्षको जाडो त काट्थेकि ।’
श्रीमानको मृत्युपछि सडक पेटिकामै सानो छाप्रो बनाएर वर्षोदेखि बसोबास गर्दै आएकी चन्द्रकुमारीलाई बिहान बेलुकाको खाना भने स्थानिय समाजसेवी मधु राईले दिने गरेकी छिन् । ‘श्रीमान हुँदा हात पाखुरा चल्थो जेनतेन गरेर बुढाबुढीको गुजुरा चलेको थियो,’ वृद्धाले भनिन्, ‘श्रीमानले छोडेर गएपछि बिजोग भएको छ ।वृद्धा अवस्था भयो ।
अहिले बिरामले चेपेको छ । उनी भन्छिन्, ‘हातपाखुरा पनि चल्दैन् । अरुको साहारमा जीवन चलाउनुपरेको छ ।’एक ठाउँदेखी अर्को ठाउँसम्म पुग्न सके त एक्लो ज्यान पाल्न सक्थेनी,’ वृद्धा ठकुरीले भनिन्, ‘बसेको ठाउँदेखि अर्को ठाउँसम्म सर्न सक्दिन् । यस्तो ज्यानले कसरी गरिखानु गहभरी आँखु पार्दै वृद्धा चन्द्रकुमारीले भनिन्, ‘छोराछोरी नहुँदा त सारै पो दुःख पाइदो रहेछ ।’वृद्धा चन्द्रकुमारीलाई प्रत्येक वर्ष आउने एउटै पिरले सताउने गरेको छ । वर्खा सुरु हुदा पानीको पीर अहिले जाडोको पीरले सताउने गरेको उनले बताइन् ।