प्रदेशको राजधानी क्षेत्र आफ्नै ठाउँलाई प्रदेश राजधानी कायम गर्न स्थानीयको माग गर्दै प्रदेश नम्बर १ अन्तर्गतका विभिन्न जिल्लामा प्रदर्शन हुन थालेको छ । प्रदेश नम्बर १ का धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । मोरङमा प्रदेश राजधानी बनाउने विषयमा प्रदेश र प्रतिनिधिसभाका सांसदबीच नै विवाद सुरु भएको छ । मोरङको क्षेत्र नम्बर १ र ३ का चारजना प्रदेश सांसदले मोरङको सुन्दरहरैचास्थित गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय क्षेत्रलाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग अघि सारेका छन् । तर, मोरङ ३ बाट प्रतिनिधिसभामा विजयी सांसद भानुभक्त ढकालले भने प्रदेश राजधानी विराटनगरमै हुनुपर्ने बताउँदै आएका छन् । मोरङ १ बाट विजयी घनश्याम खतिवडा भने यस विषयमा अहिलेसम्म मौन छन् । विराटनगरका जनताले भने प्रदेश राजधानीका लागि उपयुक्त संरचना र सुविधा अन्यत्र नभएको भन्दै विराटनगरलाई नै प्रदेश राजधानी बनाउनुपर्ने पक्षमा छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा हुनुपर्ने मागसहित निर्वाचित जनप्रतिनिधिहरूले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । कांग्रेसभित्र तीव्र विवाद धनकुटावासी पनि आन्दोलनमा सुनसरीवासीको आफ्नै माग पहिलो बैठक नै अनिश्चित उत्तरी मोरङका जनप्रतिनिधिको एउटै मत