सुनसरी/ बजारमा करोडौ रुपैया नदिई दशैको सप्तमीको दिन श्रीमतीको उपचारको लागी भन्दै हिडेका रुची हार्डवेयरका सञ्चालक नफर्किए पछि मंगलवार उपमहानगरपालीका तथा उद्योग वाणिज्य संघको रोहबरमा ताला तोडिएको छ । बजारमा करीब ८ करोड रुपैयाँ तिर्ने बाँकी भए पछि फरार भएका हार्डवेयरका सञ्चालक अरविन्द अग्रवाल नफर्किए पछि ताला खोलिएको हो । हर्डवेयरमा लिएको सामाग्रीहरु प्राय बाँकी आउँने भएको कारण हार्डवेयरका होलसेल ब्यापारीहरुको पैसा नदिई अग्रवाल फरार भएका थिए । लामो समय सम्म पनि सम्पर्कमा नआए पछि अग्रवाल बस्दै आएको घरको ताला खोलेर सामाग्रीहरु निकालिएको इटहरी उपमहानगरपालीकाले जनाएको छ । करोडौ रुपैया तिर्ने नसकेर हार्डवेयर ब्यापारी फरार भएको इटहरीका उनलाई नजिकबाट चिन्ने ब्यापारीहरुले वताएका छन । हार्डवेयरमा डुबे पछि दशैको मुखमा सञ्चालक अरविन्द अग्रवाल श्रीमती सरिता अवग्रवा र छोरा सहित उनीहरु फरार भएका थिए । लामो समय सम्म पनि नफर्किए पछि उद्योग वाणिज्य संघ इटहरीमा मात्र ८ करोड रुपैया बराबरको उजुरी परेको उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले वताए । उनले भने ब्यापारी अग्रवाल फरार भए सँगै अन्य ब्यापारी समेत ढुबाएर फरार भएछन । मगलवार हामीले प्रशासनको रोहवरमा घरधनीको आग्रहमा ताला फोडिएको भन्दै खातापाता खोजतलास गर्ने वताए । भोजपुरकी सिर्जना राईले मात्र अग्रवालबाट ५१ लख रुपैया पाउँन रहेको भन्दै उजुरी हालेकी थिईन । साथै ब्यापारीहरुले होलसेलमा दिएको सामानको पैसा समेत नपाएको भन्दै उवासंघमा उजुरी गरेका छन । इटहरीका ब्यापारी किसन खेडीयाले करोडौ रुपैया हार्डवेयरमा डुवेर भागेको हुन सक्ने वताए । उनले भने मेरो पुरानो र नयाँ गरी करीव १९ लाख वरावरको सिमेन्टको पैसा नदिई गयो । आफुले उवासंघमा उजुरी हालेको भन्दै ठुलो नोक्सान भयो उनले थपे । म मात्र हैन धेरै ब्यापरीको पैसा तिर्ने देखिएको त्यही भएर उनी आएनन् खेडीयाले भने । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले भने दशैको अगाडी देखि फरार रहेका ब्यापारी अहिले सम्म नआएको कारण घरधनीको आग्रहमा ताला खोलिएको वताए । करोडौ रुपैया तिर्ने देखिएको कारण उनी पैसा तिर्ने नसक्ने भए पछि फरार भएको हुन सक्ने भन्दै इटहरी उपमहानगर र उवासंघको रोहवरमा ताला खोलि खातापाता हेर्ने काम भएको वताए । करोडौ रुपैया बजारमा तिर्ने नसक्ने भए पछि अग्रवाल नफर्केको हुन सक्छ उनले थपे । बजारमा अग्रवालले थुपै पैसा तिर्ने देखिएको डिएसपी राउतले भने ।