धरान/मोरङका ८ विद्यालयहरुमा ६ दिने प्राथमिक स्वास्थ्य सेवा तालिम सम्पन्न भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाका रोर्टयाक्ट क्लब,बिराटनगर लेडिज सर्कल, बिराटनगर प्लेटिनम राउण्ड टेबल,इप्का लेब्स लगायतका संस्थाहरुको संयुक्त आयोजनामा गरेको तालिम मंगलबार सम्पन्न भएको हाे । मोरङका आठ विद्यालयमा अध्ययनरत १ हजार ५ सय ६० विद्यार्थीलाई तालिममा प्रजनन् स्वास्थ्य ,जस्वला भएमा ,पानीमा डुबेको समयमा कसरी बच्ने, कुकुरको टोेकेमा, सर्पले डसेमा, हात खुट्टा भाचिएमा, नाकबाट रगत आएमा, विषाधी सेवन गरेमा, नाकबाट रगत आकस्मिक बगेमा कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा तालिममा जानकारी गर्याएको सहजकर्ता शुभमकुमार अग्रवालले बताए ।
जनचेतनाका लागि गरिएको तालिममा उपश्थित सबै जना उत्सुकताका साथ सहभागी भएको बिराटनगर प्लेटिनम राउण्ड टेबलका अध्यक्ष बिमल अग्रवालले जनाए । उनले भने ‘यस्ता कार्यक्रमले जनमानसमा चेतना बढ्छ र स्वास्थ्यबारे सजक रहनेछन्’ सहजकर्ता अग्रवालले भने ‘प्राथमिक उपचारबारे दिइएको तालिमले आपत्कालिन समयमा ज्यान समेत जोगाउन सकिन्छ ।’
यसअघि रोर्टयाक्ट क्लब धरानले रत्तदान कार्यक्रम,नि:शुल्क पौढ शिक्षा,जनचेतनामुलक सडक नाटक,नि:शुल्क स्वास्थ्य सिविर,असाहय बालबालिका तथा बृद्धबृद्धालाई सहयोगलगायतका समाजीक कार्य गर्दै आएको प्रतिश्ठानका प्राध्यापक डा. कमलेश यादवले बताए । तालिमको अन्तिम दिन सहजकर्ता रोटर्याक्टर शुभमकुमार अग्रवाललाई दोसल्लाहले सम्मान गरिएको थियो ।