धरान/ अध्यात्मिक क्षेत्रमा योगदान पुर्याउनेलाई प्रोत्साहन स्वरूप वार्षिक रूपमा पुरस्कार वितरण गर्दै आएको पण्डित काशिनाथ उपाध्याय–हिरिप्रया कट्टेल बाङ्मय प्रतिष्ठानले यस वर्ष पनि पुरस्कार वितरण गरेको छ ।
धरान स्थित गीता भवनमा मंगलबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । प्रतिष्ठानको आठौं वार्षिकोत्सवको अवसर पारेर अध्यात्मिक क्षेत्रमा योगदान पुर्याउने तथा पिण्डेश्वर विद्यापिठ धरानमा आयार्य अध्ययनरत उत्कृष्ठ विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरूमा अध्यात्मिक क्षेत्रमा योगदान पुर्याउनुहुने धरान–१६ निवासी पं. लोकनाथ लुइटेल, विराटनगर निवासी प्राज्ञ दधिराज सुवेदी तथा धरान–१४ मा विजयपुरमा रहेको संस्कृत विद्या सम्बधिनी समिति पुरस्कृत भएका हुन् । उनीहरूलाई जनही १५ हजार १ सय ११ नगद पुरूकार साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै पिण्डेश्वर विद्यापिठका विद्यार्थीहरू पुष्प न्यौपाने र दामोदर सापकोटालाई जनही २ हजार ५ सयका दरले नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रतिष्ठानले दममा रहेको पशुपति संस्कृत विद्यालयका १ देखि १० कक्षासम्मका प्रत्येक कक्षाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद कट्टेलले जानकारी दिए ।