धरान/ धरान उपमहानगरका उप मेयर मञ्जु भण्डारी सोमबार विहान हातमा बेल्चा सहित धरान १५ महादेव चोकमा भेटिए, उनीसंगै गैति र कोदालो सहित थिए धरान १८ का अध्यक्ष प्रविण राई र धरान १५ का अध्यक्ष नरेश ईवारम ।
अशक्त मजदुर पुण्यप्रसाद प्याकुरेलको घर निर्माणका लागि जग खन्न जन श्रमदान गर्न महादेव चोक पुगेका मजदुर, पत्रकार तथा युवा संघ नेपालका युवाहरुलाई साथ दिन पुगेका थिए उपमेयर भण्डारी, धरान १८ र १५ का अध्यक्षहरु राई र ईवारम सोही अभियानमा धरान ५ का वडा अध्यक्ष सन्तोष लिम्बुले समेत १४ हजार ५ सय ५ रुपैया योगदान गरे । जन श्रमदानकै लागि उपस्थित नेकपा एमाले धरानका अध्यक्ष नारायण सुवेदीले तत्कालै ५ हजार नगद घर निर्माण समितिका संयोजक कमल भटराईलाई हस्तान्तरण गरिहाले ।
सोही अवसरमा धरान १५ का वडा अध्यक्ष नरेश ईवारमले २५ हजार सहयोग प्रदान गर्ने घोषणा गरे । युवा संघ नेपाल धरानका नेताहरु कुमार भारती, धिरेन लिम्बु, अमित तामाङ, रोगेन्द्र राई, भविना राई तथा सञ्जय राई लगायतका युवाहरुले जग खन्न तिन घण्टा श्रमदान गरे । संगसंगै घर निर्माणका लागि निरन्तर क्रियाशिल अभियन्ता मजदुर नेता तथा नेकपा एमाले सुनसरी सदस्य भीमज्वाला राई, मजदुर नेताहरु समशेर वर्देवा, रविन अधिकारी, उमेश कुंवर, लक्ष्मी बांनिया, कमल भटराई तथा पत्रकार तथा घर निर्माण समितिका सदस्य सचिव बिकास चाम्लिंङ राई लगायतले श्रमदान गरेका थिए ।
त्यस्तै पत्रकारहरु रणध्वज लोहार, देवेन्द्र कार्की, दिनेश गजमेर, तारा लामगांदे तथा युवा संघका नेताहरु दिपक बनेपाली, दिनेश बान्तावा लगायतले समेत युवाहरुको श्रमदानमा होस्टेमा हैसे थपे ।
मेरुदण्ड भाचिएर थलिएका मजदुर पुण्यप्रसाद प्याकु्रेलका लागि धरान १५ महादेव चोकस्थित प्याकु्रेलको नाममा रहेको सात धुर जग्गामा दुईवटा कोठा, भान्छा कोठा र शौचालय सहितको पांच लाख लागतमा घर बनाईदिन आईतबारबाट काम थालनी भएको छ घर निर्माणको अगुवाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा एमाले नेता भीमज्वाला राईले गरेका छन् ।
नेता राईकै पहलमा गत मंसिर २२ गते मजदुर नेताहरु तथा पत्रकारहरुको संयुक्त बैठक बसी मजदुर नेता कमल भटराईको संयोजकत्वमा पुण्य प्याकुरेल घर निर्माण समिति गठन गरेर विभिन्न दाताहरुको सहयोगमा घर निर्माण थालिएको हो ।
२०७२ साल असार १५ गते सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएका प्याकु्रेलको कम्मरमुनीको भाग चल्दैन, उनी सिधा बस्न समेत सक्दैनन्, दिशा पिशाव समेत ओछ्यानमै गर्नु पर्ने अवस्था रहेको छ । श्रीमति एक छोरा र छोरी सहित आफन्तकामा आश्रय लिएर बसेका छन् ।
प्याकुरेलको घर बनाउन सहयोग जुट्दै दुर्घटनामा परि मेरुदण्ड भाचिएर अशक्त बनेका मजदुर पुण्यप्रसाद प्याकुरेलको घर निर्माणका लागि सहयोग रकम तथा जिन्सी सहयोग जुटिरहेको छ ।आईतबार घर निर्माणको काम सुरु भएसंगै सहयोगी समेत बढेको छ । सोमबार मात्रै विभिन्न व्यक्ति तथा सस्थाको तर्फबाट सहयोग प्राप्त भएको छ । जस अनुसार धरान १५ का वडा अध्यक्ष नरेश ईवारमले घर निर्माण स्थलमै पुगेर २५ हजार सहयोग गर्ने बचनबद्धता जनाउनु भएको छ ।
त्यस्तै न्युधरान आल्मुनियम एण्ड स्टील वर्कशपका प्रोपाईटर भुपाल राईबाट २४ हजार बरावरको तिनवटा झ्याल प्रदान गरेको छ । धरान वडा नम्बर ५ का अध्यक्ष सन्तोष लिम्बुले १४ हजार ५ सय ५ सहयोग गरेको छ, मृगौला रोग विशेषज्ञ डा. संजिव शर्माले १० हजार प्रदान गरेको छ, राजेश हार्डवेयरका सञ्चालक राजेश श्रेष्ठले १० हजार बरावरको पानी ट्यांकी प्रदान गरेको छ, नेकपा एमाले धरान अध्यक्ष नारायण सुवेदीले ५ हजार प्रदान गरेको छ, युवासंघ नेपाल १ नम्बर प्रदेश सदस्य दिनेश बान्तावा राईले ६ हजार प्रदान गरेको छ ।
त्यस्तै कोशी बस व्यवसायी संघले ३ हजार १ सय प्रदान गरेको छ ।
त्यस्तै ध्रुव घिमिरेबाट २ हजार, धनपति दाहाल ५ हजार, बेदकुमार थेवे २ हजार ५ सय, अकलवहादुर मेया³बोले १ हजार सहयोग प्रदान गरेको छ । मजदुर तथा पत्रकारहरुले सुरु गरेको पुण्यप्रसाद प्याकुरेलको घर निर्माण अभियानमा सोमबार मात्रै १ लाख २ हजार १ सय ५ बरावरको नगत तथा जिन्सी सहयोग प्राप्त भएको छ । यस अघि २ लाख ६५ हजार ७ सय ७२ सहयोग नगद तथा जिन्सी प्राप्त भएको थियो । हालसम्म ३ लाख ६७ हजार ८ सय ७७ प्राप्त भएको समितिका संयोजक कमल भटराईले जानकारी गराए ।