धनकुटा । धनकुटाजिल्ला अस्पतालमा पहिलो पटक अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु भएको छ । विगतमा सामान्यप्रविधिको भिडियो एक्सरे सेवाउपलब्धहुँदै आएको भएपनिअहिले अत्याधुनिकप्रविधिको भिडियो एक्सरे सेवा सुरु गरिएको हो । सामान्यप्रविधिको एक्सरे सेवासञ्चालनगर्दा सेवाग्राहिबाट सेवाप्रभावकारी नभएको भन्ने गुनासो आएसंगै अत्याधुनिक सेवाथालिएको जिल्लाअस्पताल धनकुटाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथाजिल्ला स्वास्थ्यप्रमुख डाक्टर फणिन्द्र बरालले जानकारीदिएका छन् । उनकाअनुसार धनकुटा नगरपालिकाले उपलब्ध गराएको २५ लाख बजेटबाट भिडियो एक्सरे खरिद गरिएको हो । जिल्लाअस्पताल धनकुटाले गरेको नियमितगतिविधिबारे जानकारी दिनआइतवार आयोजितपत्रकार भेटघाट कार्यक्रममाउक्तजानकारी दिइएको हो । विशेष गरेर गर्भवतीजाँचलगायतका स्वास्थ्य सेवाकालागि भिडियो एक्सरे प्रभावकारी हुने जनाईएको छ । नीजि स्वास्थ्य संस्थामामहंगो शुल्कतिर्नुपर्ने वाध्यतामा रहेका धनकुटा अस्पतालमा आउने सर्वसाधारणले अब भने जिल्ला अस्पतालबाटै सरल शुल्कमा५ सय रुपयाँतिरेर सेवालिनपाउने छन् । भिडियो एक्सरे सञ्चालनको लागिदक्षप्राविधिकतथाचिकित्सक समेत संलग्नहुदै आएका छन् । धनकुटाजिल्लाअस्पतालमा पुर्वि पहाडका छिमेकीजिल्लाहरुभोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर लगायत जिल्लाबाट पनिसयौंको संख्यामाविरामीहरु उपचारका लागिआउँने गरेका छन् । यसैगरी अस्पतालमा विगतदुई महिनाको अवधिमा १४ जनाको शल्यक्रियागरिएको छ । २ जनाको एपेन्डीसाईटिस, हर्निया लगायतको शल्यक्रियागरिएको हो । पछिल्लो दुई महिनायताजिल्ला अस्पतालमा भाद्र महिनामा ३० जना, कार्तिक महिनामा ३९ जना र मंसिर महिनामा ६८ जनालाई सुत्केरी गराउने काम सम्पन्नभएको डा.वरालले वताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्यकार्यालयकाफोकल पर्सन गोकुल भण्डारीले जिल्लाभरका स्वास्थ्य संस्थाले गर्दै आएकागतिविधिबारे समेत जानकारी दिएकाथिए । सो अवसरमाउनले जिल्ला अस्तालले विशेष गरेर प्रतिरोधातमक सेवा, उपचारात्मक सेवा र प्रवद्धनात्मक सेवाप्रदानगर्दै आएको पनि स्पष्ट पारेका छन् । सुरक्षितमातृत्व, स्वासप्रश्वास रोग निदान, ५ वर्ष मुनिकाबालबालिकालाई झाडापखाला रोग नियन्त्रण, सुत्केरीपछिको जाँच, भिटामिन कार्यक्रम, निःशुल्कऔषधीवितरण लगायतका सेवा सञ्चालनगरिदै आएको अस्पतालले जनाएको छ ।उनले जिल्लामा २० वर्ष मुनिकागर्भवतीमहलिाहरु १७प्रतिशत, प्रथम पटक गर्भवतीजाँचगर्ने महिलाहरु ५६ प्रतिशत, प्रथम पटक गर्भवतीजाँचगर्ने २४ प्रतिशत र चौथो पटक गर्भवतीजाँचगर्ने महिलाहरु ३७प्रतिशत रहेको पाइएको फोकल प्रर्सन भण्डारीले वताएका छन् । साथै उनले जिल्लामा रहेको स्वास्थ्य केन्द्रहरुमा ५८ प्रकारका औषधीहरु र जिल्ला अस्पताल धनकुटावाट ७० प्रकारका औषधीहरु निःशुल्क रुपमावितरण गर्दै आएको पनिजानकारी सो अवसरमा गराएका छन् । धनकुटा जिल्लावाट नेपाल सरकारले दिने निःशुल्कउपचारको लागीदिईने १ लाखअनुदान १ सय २५ जनाले पाएको पनिवताइएको छ ।