इटहरी/ एक नम्बर प्रदेशको राजधानी माग गर्दै विभिन्न शहरहरुले बन्द हड्ताल गर्ने थालेको बेला इटहरीबासीले भने काठमाण्डौ जाने बसका चालकलाई फुलका गुच्छा दिएर साङ्केतिक आन्दोलन थालेका छन ।
शान्ति, सद्भाव कायम गर्दै इटहरी राजधानी उपयुक्त छ भन्ने सन्देश काठमाण्डाैं वस्ने प्रधानमन्त्री सम्म पुर्याईदिन बसका चालकलाई फूलका माला लगाई गुच्छा पठाईएको हो । पुसको जाडो नभनी सयौको संख्यामा वुधवार एका विहानै इटहरीवासी एक थुगां फुल लिएर काठमाण्डौ जाने वस खोज्दै इटहरी वसपार्क पुगेका थिए । प्रदेशको राजधानी माग गर्दै हुँदै आएका आन्दोलनहरु बन्द हड्तालमा परिणत भएका छन् । केही दिन देखी धनकुटामा यातायात बन्द गर्दै छेडिएको आन्दोलनले सबैलाई सास्ती दिईरहेको छ । तर आफुलाई प्रदेशको राजधानी दावी गर्ने इटहरीले भने शान्ति र सद्भाव र्छदै दवाव दिएको छ ।
इटहरी राजधानीका लागि उपयुक्त छ भन्ने सन्देश काठमाण्डौँ सम्म पुर्याई दिन राजधानी जाने बसका चालक र यात्रुहरुलाई फूलका गुच्छा दिएर विदाई गरियो राजधानी सरोकार समाज सुनसरीका सचिब शैलेश विष्टले भने । काठमाण्डौँमा बस्ने प्रधानमन्त्री तथा नेतागणहरुलाई इटहरी प्रदेश १ को राजधानी बन्न उपयुक्त भएको सन्देश पुर्याईदिउँन भनेर यस्ता अभियान चालेका हौ उनले थपे । विभिन्न पूर्वाधारहरु भएको,भौगोलिक हिसावले सहज, प्रशासनिक संग्रचना विकास र विस्तार गर्न प्रशस्त जग्गाजमिन भएको इटहरी राजधानी घोषण गर्न मात्र बाँकी रहेको इटहरीका अगुवा राजु केसीले बताए ।
इटहरीलाई राजधानी घोषण गरिदिन माग सहितको फूल प्रचण्डलाई चितवन, केपी ओलीलाई झापा र प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाण्डौँ इटहरीबासीले पठाए केसील भने । इटहरीबासीले आफ्नो माग राख्दा अरुलाई ठेस पुर्याउन हुँदैन भन्ने सन्देश फूल वितरण गरीएको उनको भनार्ई थियो ।हामी हाम्रो मागका लागी अरुलाई दुख दिदैनौ तर आफ्नो माग भने मागिरहन्छौ केसीले थपे । राजधानी माग गर्दै दवाब दिँदा बन्द हड्तालले नागरिकलाई सास्ती हुने र देशलाई घाटा हुने काम गर्न नहुने इटहरीबासीको तर्क छ । त्यही भएर सद्भाव छर्दै फूल वितरण गरेको राजधानी सरोकार समाजले जनाएको छ ।
इटहरीमा क्षेत्रिय कृषी अनुसन्धान कार्यालय, जुट अनुसन्धान तथा रेसम प्रशोधन कार्यालय, खाद्यगोदाम जस्ता सरकारी कार्यालय भोली प्रदेशको संग्रचनामा रुपान्तरण हुन सक्ने देखिएको छ । यातायातको सुविधा, शिक्षा,सुरक्षाको प्रभावकारी प्रबन्ध, प्रशासनिक भवन बनाउन प्रशस्त खालाी जग्गाजमिन भएको इटहरी राजधानी उपयुक्त हुने राष्ट्रिय जागृति क्लबका अध्यक्ष संजिव ढुगांनाले बताए । राजनितिक लबिगं समेत गर्दै आएको इटहरीले यस्ता सांकेतिक र सृजनशिल दबाव मार्फत राजधानीको मागलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको इटहरीका अगुवा प्रध्यापक डाक्टर बद्रीबिशाल पोखरेलले जनाए । आफ्ना माग राख्न पाउँनु लोकतन्त्रमा सवैको अधिकार हो तर अरुलाई दुःख र ठेस पुयाउनु हुँदैन त्यसैले इटहरीले राखेको माग जायज भएको उनको तर्क छ ।
आन्दोलन, बन्द हड्ताल मात्रै माग राख्ने तरिका नहुँन सक्छन् तसर्थ यस्ता सृजनशिल कार्यको सवैले अनुकरण गर्न आवश्यक रहेको इटहरीवासीको तर्क छ ।