तासको खालबाट २० पक्राउ
उदयपुर/तासको खालबाट प्रहरीले २० जना जुवाडेलाई बुधबार अपरान्ह पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ बाट प्रहरीले उनीहरुलाई नगद ५९ हजार ६४५ रुपैयासहित तास बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले स्थानीय प्रेमबहादुर मगरको घरमा तास खेलिरहेको अबस्थामा ७ जनालाई र पुल्कित चौधरीको घरबाट १३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































