धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुदा प्रतिष्ठानमा उपचारका लागि आएका विरामीहरु समस्यामा परेका छन् ।
एकातिर तराईमा बढेको हुस्सु र शितलहरले अत्याधिक चीसाका कारण विरामीहरु प्रतिष्ठानमा आउने क्रम बढ्दै गएको छ भने अर्कोतर्फ प्रतिष्ठानमा विरामीले चाहेको समयमा रगत उपलब्ध नहुदा विरामीहरु समस्यामा परेका हुन् ।
अहिले यो रक्तसञ्चार केन्द्रमा ओ पोजेटिभ, एवी पोजेटिभ र बी पोजेटिव गु्रपका रगत शून्य रहेको छ भने अन्य गु्रपका रगत समेत थोरै भएका कारण समस्या भएको रक्तसञ्चार केन्द्र धरानले जनाएको छ ।
रगत अभावकै कारण जटिल प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । तुरुन्त रगत उपलब्ध गराउनुपर्ने जटिल प्रकारका शल्यक्रिया प्रभावित भएपछि समयमै उपचार पाउन नसकेको गुनासो विरामीका आफन्तहरुले गरेका छन् ।
दैनिक ५० पिन्ट रगत खपत हुने प्रतिष्ठानमा रगत अभावसंगै अहिले विरामीका आफन्तबाट नै सट्टा भर्ना गर्नुपर्ने अवस्था आएको रक्तसञ्चार केन्द्रका कर्मचारी सानुबाबु थापा बताउछन्।
निर्वाचनका अवधिमा सबै निर्वाचनमै केन्द्रित भएको र अहिले अत्याधिक बढेको चीसोका कारण रक्तदान कार्यक्रम हुन नस्क्दा प्रतिष्ठानमा रक्तसञ्चारमा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यष उमेश थापाले बताए । उनले अहिले सट्टाभर्ना गरेर भए पनि विरामीलाईलाई उपलब्ध गराएको बताउदै रक्तदान कार्यक्रमका लागि विभिन्न संघ संस्थालाई पत्राचार गरेकमो र पौष ८गतेदेखि लगातार रक्तदान कार्यक्रम हुने भएकोले रगतको अभाव हट्ने बताए ।
रगत अभावकै कारण अहिले प्रतिष्ठानमा आएका सैयौ विरामी रगतको अभावमा उपचार गराउन पाएका छन् । रगत अभावलाई परिपूर्ति गर्न सबैलाई रक्तसञ्चार केन्द्रले आवहान समेत गरिसकेको छ ।