धरान/काठमाडौंको इजमा मिडिया एण्ड म्यानेजमेन्टले शुक्रबार प्रहरी स्कुल धरानका विद्यार्थीहरुलाई खगोल शास्त्रको प्रयोगात्मक जानकारी दिइएको छ ।
[caption id="attachment_65849" align="alignnone" width="979"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
खगोल शास्त्रलाई पाठयपुस्तकमा मात्रै अध्ययन गरेका विद्यार्थीहरुले प्लानेटोरियममा प्रवेश गर्दा फरक अनुभूति गरेका थिए । ‘विद्यार्थीहरुले पाठयपुस्तकमा मात्रै खगोल शास्त्र पढेका थिए । तर, यहाँ हामीले व्यवहारिक रुपमा जानकारी दिने प्रयास गरेका छौं ।’ म्यानेजमनेटका अध्यक्ष डा. सन्तुष्ट अधिकारीले भने ।
खगोल शास्त्रको बारेमा विद्यार्थीहरुमा सामान्य ज्ञान मात्रै रहने गरेको तर, प्रयोगात्मक रुपमा बुझाउँदा भने उनीहरुले सहजै ग्रहण गर्ने उनले बताए । पहिलो पटक कार्यक्रम लिएर इजमा देशदौडाहामा छ । त्यही क्रममा धरानका विद्यार्थीहरुलाई पनि जानकारी गराउने उद्देश्यले आइपुगेको उनले बताए । त्यसक्रममा टेलिस्कोपको प्रयोग बारेसमेत जानकारी गराएका थिए ।
प्लानेटोरियम मार्फत् तारामण्डल, सौर्यमण्डल, अन्तरिक्षको बारेमा विद्यार्थीहरुलाई ज्ञान बाडेका थिए । सौर्यमण्डल, तारा मण्डलको अवस्था र अन्तरिक्ष कस्तो देखिन्छ र कसरी सञ्चालित हुन्छ भन्ने बारेमा स्कुलका सानो कक्षादेखि ठूला कक्षाका विद्यार्थीहरुलाई प्रदर्शनी गरेर ज्ञान प्रवाह गरेका थिए । इजमाले काठमाडौंका अधिकांस स्कुलहरु मात्रै नभई पोखरा, नारायणघाट, सिन्धुली, रामेछाप, दोलखा, वेनी, तनहुँ, काभ्रेलगायत जिल्लाका स्कुलहरुमा जानकारी गराउँदै आएको छ । यो भारतको लियो प्लानेटोयिमसँग आवद्ध एक मात्रै संस्था हो ।