काठमाडौं/ स्रोत नखुलेको अवैध सम्पत्ति राखेको दाबीसहित सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरिएका चक्रे मिलन भनिने मिलन गुरुङले बुधबार विशेष अदालतबाट सफाई पाएका छन्। २०७० जेठ ५ गते चक्रे र उनकी पत्नी इन्दिरा घलेले अवैध सम्पत्ति राखेको दाबीसहित सम्पत्ति शुुद्धिकरण अनुसन्धान विभागद्वारा विशेष अदालतमा मुद्दा दायर भएको थियो।
उनले सात करोड आठ लाख १७ हजार दुई सय ६६ रुपैयाँ ४१ पैसा अवैध रुपमा लुकाएको दाबीसहित विभागले जेल सजाय, जरिवाना र बिगो जफतको मागसहित अदालतमा मुद्दा चलाएको थियो।
विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार विभागको दाबी पुष्टि हुने आधार नरहेको भन्दै न्यायाधीश रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चक्रे दम्पत्तिलाई सफाई दिएको हो ।
उनीसँगै सम्पत्ति शुद्धिकरणमा मुछिएका डन दीपक मनांगेले यसअघि नै सफाई पाएका थिए ।