काठमाडौं/ फिल्म “कान्छी” फागुन ४ मा रिलिज हुँदैछ । फिल्म “कान्छी” नायिका स्वेता खड्काले निर्माण गरेको हो । लामो समय पति वियोगको पिडामा रहेकी स्वेता अहिले भने सम्हालिएकि छन् ।

विगत डेढ वर्ष देखि उनी केहि खुशी देखिन्छिन् । आफुलाई सम्हालेकी छिन् ।स्वेता ठुलो दुर्घटना सहेर सबैको प्रेरणाको स्रोत बनेकी छिन् । मंगलबार कान्छी फिल्मको ट्रेलर रिलिज कार्यक्रममा स्वेता श्रीकृष्णलाई सम्झीएर रोइन् । पत्रकारका पतिलाई बिर्सिएको हो भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन् “मैले उहाँलाई बिर्सिएको भए पो सम्झनु”।

स्वेताले कान्छी फिल्म आफुले श्रीकृष्णकै सपना पुरा गर्न बनाएको बताईन् ।