चक्रघट्टि । सुनसरीको बराह नगरपालिकामा उध्योग वाणिज्य संघ बराह नगरले अग्निपीडित व्यवसायी सदस्य सुमन राउतलाई राहत स्वरुप नगद रु ५२ हजार ८ सय ८७ रुपैया हस्तान्तरण गरीएको छ । पीडित परिवारलाई केही मात्रामा भएपनि राहत पुगोस भन्ने उदेश्यले उक्त रकम हस्तान्तरण गरीएको उध्योग वाणिज्य संघ चक्रघट्टिका अध्यक्ष सुरेन्द्र गुप्ताले बताएका छन् । अग्नि पीडित सुमन राउतको मोबाइल पसल पुष २९ गते आगलागि भएको थियो । उक्त आगलागिबाट राउतको १७ लाख ६० हजार बराबरको क्षति भएको थियो । संस्थाको स्थापना देखि हालसम्ममा ६ जनालाई राहत कोषबाट राहत विवरण गरीएको कार्यालय सचिव निश्चल बस्नेतले बताएका छन् ।