रौतहट/ रौतहटको कटहरीया नगरपालिका वडा नं ७ बगहीका वडा अध्यक्ष हरि भजन साहले दिनमा विवाह गर्नेलाई ईनाम दिने बताएको छ ।

बगहीका वडा अध्यक्ष साहले दिनमा विवाह गरेमा केटी पक्षलाई नगद १० हजार र केटा पक्षलाई ५ हजार रुपैयाँ ईनाम दिने बताएको हो । परा पूर्वकालदेखी नै तराई मधेशका जिल्लामा रातिमा मात्रै विवाह हुँदै आएको छ । यहाँ बसोबास गर्ने मधेशी समुदायका छोरा छोरीको विवाह रातिमा हुने गरेपनि पहाडि समुदायका छोरा छोरीको विवाह भने दिनमा नै हुने गर्छ ।

रातिमा विहे हुदाँ जन्ती आउने यूवाहरु रक्सी सेवन गरेर झै झगडा र कुटपिट हुने प्रवृति बढेकाले यसलाई नियन्त्रण गर्न यस्तो निर्णय लिएको वडा अध्यक्ष साहले बताए । दिनमा विहे गर्दा हुने झै झगडा र कुटपिटको घटना रोकिने उनको भनाइ छ ।