[caption id="attachment_74446" align="aligncenter" width="1100"] माेरङ कारागारका कैदीहरू[/caption]

विराटनगर । मोरङ कारागारका कैदी जीवन बिताइ रहेका कैदीबन्दीहरुले समयमै उपचार नपाएको जानकारी पाएपछि राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन तथा निरीक्षण गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आइतबार दिउँसो कैदीबन्दीको अवस्था बुझन अनुगमन तथा निरीक्षण गरेका हुन् ।

मानव अधिकार आयोगका अधिकृत सन्ध्या पुडासैनी र चिरञ्जीवि कोइरालासहितको टोलीले अनुगमन तथा निरीक्षण गरेका थिए ।

विभिन्न सजाँय पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीले विरामी हुँदा समयमै उपचार नपाएको गुनासो ब्लाष्टमा प्रकाशित भएपछि उनीहरुले कैदीबन्दीको अवस्था बुझेका थिए । ‘पुरुष पटि अलिक अलिक बढी विरामी भएको कैदीबन्दी देखियो,’ अनुगमनका पुगेका अधिकारकर्मी कोइरालाले भने, ‘कैदीबन्दीमा बढी घुडा र छालाको समस्या देखियो ।’ कैदीबन्दीहरुको अवस्थाबारे आयोगमा जानकारी गराउने उनले बताए ।

कारागार प्रशासनले समयमै उपचार गराउन चिठी बनाइदिए पनि सुरक्षामा खटिएको नेपाल प्रहरीले हस्पिटलको समयमै उपचारमा नलाने गरेपछि शुक्रबार कैदीबन्दी आन्दोलित भएका थिए । प्रहरीले ढिलो गरी उपचार गराउन लैजादा शुक्रबार ६ जना कैदीबन्दी उपचारबाट बन्चित हुनुपरेको थियो । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको मोरङ कारागारमा विभिन्न प्रकारका करिब ५० जना कैदीबन्दी रहेका छन् । उक्त कारागार भित्र सबैभन्दा बढी हिडडुल गर्ने ठाउँ साँघुरो हुँदा खुट्टा लक हुने विरामी बढी रहेका छन् । त्यस्तै घुडा, छाला र स्वाशप्रसारको विरामी कैदीबन्दी रहेको बताइएको छ । मोरङ कारागारमा ६ सय ८५ जना पुरुष कैदीबन्दी तथा ६६ जना महिला र ६ जना आश्रित बालक रहेका छन् ।

उपचारको क्रममा एक जना बन्दीको मृत्यु

विराटनगर ÷ उपचारको क्रमममा एक जना बन्दीको मृत्यु भएको छ । मोरङ कारागारमा कैदी जीवन बिताएका सोलुखुम्बुको गोली –४ का २२ वर्षिय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

अवैध लागूऔषध मुद्दामा पूर्पपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएको कारागारका जेलर प्रेसप्रसाद सापकोटाले जानकारी दिए । ‘कारागार आउँदै बिरामी थिए,’ उनले भने, ‘विरामी परी थप उपचार गराउँदा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।’ यस अघि पनि विभिन्न रोगको कारणले ६ जना कैदीबन्दीको मृत्यु भइसकेको कारागार प्रशासनले जानकारी दिएको छ ।