विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचार, दण्डहीनता र अपराधजन्य अन्त्यका लागि शून्य सहनशीलताको कठोर नीति प्रदेश सरकारले लिएको बताएका छन् ।
विराटनगरस्थीति प्रदेश संसद भवनमा सोमबार पाँचौ संसद बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले शून्यसहनशिलताको साथ प्रदेश सरकार काममा कठिबद्ध भएर लागि पर्ने बताएका हुन् ।
‘सुरुमै हामीले भनेका छौं प्रदेश १ लाई भ्रष्टचार युक्त प्रदेश बनाउन लागि पर्नेछौं,’ उनले भने, ‘प्रदेश सरकारले भ्रष्टाचार, दण्डहीनता र अपराधजस्तो जगन्य कार्यमा कुनै सम्झौता गर्नेछैन ।’ उनले शुसानको लागि सरकारले नागरिकसँग ‘प्रहरी कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गर्ने सरकाराले निर्णाय गरेको बताए ।
कार्यक्रम औपचारीक रुपमा सुरु भएको १ महिना भित्रमा प्रदेशभरीका घरहरुमा प्रहरीको यूनिट पुगेर प्रहरीको सम्पर्क नम्बर राख्ने उनले बताए । मुख्यमन्त्री राईले नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने तथा जनतासँग प्रत्यक्ष सुरक्षा राख्ने अभियानहरु प्रदेश सरकारले सञ्चालन गर्ने तयारीमा लागि परेको बताए ।
बैठकममा संबोधन गर्दै मुख्यमन्त्री राईले कर्मचारीको कार्यसम्पादनमा परिवर्तन गर्नको लागि प्रदेश १ का कर्मचारीहरुमा ढिला नगरी सुद्धिकरण अभियान सञ्चालको तयारी गरेको बताए । जनताको भावना र आकंक्षलाई प्रतिभूति गराउन यो अभियान सुरु गर्न लागेको उनले जानकारी दिए ।
‘प्रदेश १ लाई समृद्धितर्फ उन्मुख गराउनको लागि चाँडै प्रदेश सरकाले कामको प्राथामिकता सर्वजानिक गर्नेछ,’ उनले भने, ‘सरकारले १ सय दिनमा गर्ने कामको सूचि तयारी गर्न लागि परेका छौं । जनताको माग र आवश्यकता पूर्ती गर्न अहिलेको सरकार लागि पर्नेछ ।’
प्रदेशमा धेरै ऐन कानुनहरु निर्माण गर्नुपर्ने भएकाले प्रदेश सरकार ध्यान कानुन निर्माणमा पनि लागि परेको बताए । उनले कानुन निमार्णसँगै ठूला आयोजना अनुगमन तथा गुणस्तर कायममा पनि उत्तिकै ध्यान दिने बताए । सानो आकारमा बनेको प्रदेश सरकारले बढी भन्दा बढी बिगनेश दिन लागि पर्ने उनको भनाई थियो । उनले भने, ‘कुन–कुन विजनेशका आदारमा प्रभावकारी बनाउन लागि पर्दछ ।’