पथरी / मोरङको पथरी इलाका प्रहरी कार्यलय पथरीले केहि दिन यता लागु पदार्थ ओसार पोसार गर्ने र सेवन गर्नेलाई कार्वाही अभियान नै सुरु गरेको छ ।
लागु पदार्थ ओसार पोसार र सेवन गर्ने अखडा रहेकोले १ महिना अघि देखि अप्रेसन सुरु गरि धेरै जनालाई कार्वाही गरि सकेको छ । फागुन ११ गते रातको ७ वजेको समयमा विशेष सुराकीको आधारमा जिल्ला मोरङ कानेपोखरी गाँउपालिका वडा नं ७ चिसाङ खोलाको पुल नजिक वाट लागु औषध गाँजा सहति २ जनालाई पक्राउ गरेको छ ।
३० के.जी. बोकी लादै गरेको अवस्थामा जिल्ला धनकुटा छिन्ताङग गाउँपालिका वडा नं २ वस्ने वर्ष १९ को राजन बि.क.र सोहि स्थानमा बस्ने वर्ष २४ को धिराज राईलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पथरीले आवश्यक अनुसन्धान भई रहेको प्रहरी इन्चार्ज विजय श्रेष्टले जानकारी दिए ।