विजयपुर । वराह नगरपालिकामा सञ्चालित महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले संस्था रिन्यु र लेखा परिक्षण नै नगरि २१ करोड ६८ लाखको आयोजना सञ्चालन गरेको पाइएको छ । एसियाली विकास बैक (एडिवी),नगरबिकास कोष र स्थानिय उपभोक्ताको लागानीमा २०७२ सालदेखि सुरु भएको खानेपानी आयोजना सञ्चालन गर्ने संस्थानै अबैध ढङले सञ्चालन भई रहेको पाइएको हो । संस्था दर्ता गरिएपनि पछिल्लो तिन बर्षमा संस्था रिन्यु नगरिएको र लेखा परिक्षण समेत भएको छैन । वराह नगरपालिका वार्ड नम्बर ६,७ र ८ नम्वर वडालाई पुर्ण,१,२,३,र ४ नम्बर वडाका केहि क्षेत्रमा खानेपानी वितरण गर्न बनेको आयोजना सामुहिक निर्णय भन्दापनि एकल निर्णयमा सञ्चालन हुने गरेको देखिन्छ । अचम्म लाग्दो के देखिन्छ भने २१ करोडको आयोजना सम्झौता गर्दा एसियाली बिकास बैक,नगर विकास कोषका प्रतिनिधिलेपनि संस्थाको रिन्यु र अडिटमा चासो देखाएका छैनन ।संस्थाको पटक पटक बसेको बैठक तथा पुर्ण बैठकमापनि अडिट गराउने र संस्था रिन्यु गर्ने विषयमा प्रस्ताब समेत पेस भएको पाइएको छैन । पछिल्लो समय संस्थाले आयोजनाको पानी वितरण गर्न थालेपछि पानीको महसुलको बिषयमा उपभोक्ताले विरोध गरेपछि संस्थालाई मनोमानी हिसाबमा सञ्चालन गरेको रहस्य खुलेको हो ।कानुनतःसामाजिक संस्था तथा उपभोक्ता संस्थाहरु बार्षिक रुपमा नियमित रिन्यु गर्नु पर्ने वा कार्य सम्पनन भएपछि खारेज गर्नु पर्ने ब्यबस्था छ । तर महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष भवानी धिमालले भने आफुखुसी कार्य सञ्चालन गरेको कारण संस्था अबैध हुन पुगेको हो ।स्मरणणीय कुरा के छ भने २१ करोड ६८ लाख को लागत मध्ये ७० प्रतिसत एडिवीको लगानी र २५ प्रतिसत नगरबिकास कोषको ऋण सहयोग हो । बाकी पाँच प्रतिसत स्थानिय उपभोक्ताको लगानी हो । नगरबिकास कोषको २५ प्रतिसत ऋण २० बर्षमा ५ प्रतिसत ब्याज सहित तिर्नुपर्ने हुन्छ ।यसरी उपभोक्तासँग प्रतक्ष्य सम्बन्ध रहेको संस्थाको रिन्यु र लेखापरिक्षण नगर्नु भनेको त्यहाँ भ्रष्टचार हुने प्रसस्त संभावना रहेको हुन्छ स्थानिय गणेश पाण्डेलेले भने‘ यतिको बजेट कहाँ कसरी खर्च भएको छ भनेर जनताले जान्न पाउने अधिकार छ,तर संस्थाले त्यो अधिकारबाट उपभोक्तालाई बन्चित गरेको छ । उनले संस्थाका नियमित लेखा परिक्षण र रिन्यु नहुनु लार्पवाहिको पराकास्ट भएको बताए ।उपभोक्ताबाट के आधारमा कति पैसा उठाइएको छ त्यो समेत स्थानिय उपभोक्ताहहरुलाई जानकारी नभएको स्थानि य मनोज कटुवालले बताए । खानेपानीको महसल निर्धारण गर्दापनि बैज्ञानिक ढङगबाट नभएका कारण उपभोक्ताहरु धारा फिर्ता गर्ने सोचमा पुगेको उनले बताए ।संस्थाले अहिले १८ सय घरमा धारा जडान भएको जनााएको छ । संस्थाका अध्यक्ष भवानी धिमालले २० बर्ष भित्रमा ४ हजार ५२ घरमा धारा जडान गर्नुपर्ने सम्झौता एडिवी र नगरबिकास कोषसँग भएको बताए ।संस्था रिन्यु र लेखापरिक्षण गर्न बिभिन्न कारणले नसकिएको धिमालले बताए । म आउदा संस्था लथालिङग अबस्थामा थियो,उनले भने यसलाई ब्यबस्थापन गर्न मलाई निकै समस्या प¥र्यो उनले भने ।संस्थालाई बैधानिक बनाउन र आर्थिक पारदर्शीता देखाउन नसक्ने गरि कस्तो समस्या प¥र्यो त ?संबाददाताको प्रश्नमा धिमालले जवाफ दिए ‘पहिलेका सचिवको मृत्यु भयो,कागजात भेटिएन यस्तै यस्तै समस्याले ढिला भयो । उनले अब लेखा परिक्षण र संस्था रिन्यु गर्ने तयारी भएको बताए । उता बराह नगरपालिकाका मेयर निलम खनालले संस्थाको साधारणसभा,लेखापरिक्षण र रिन्यु तत्काल गर्न निर्देशन दिएका छन् ।सोमबार संस्थाको कार्यालयमा पुगेर मेयर खनालले निर्देशन दिएका हुन् ।