काठमाडौ/ नवराज सिलवाल गृहराज्यमन्त्री हुने भएका छन् । ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको स्रोतको दावी छ ।

जसका लागि प्रचण्डले रामबहादुर थापा बादललाई समेत कन्भिन्सगरिसकेका छ्न ।

अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो । फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरु आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताएका छन् ।

फागुन २० गते सम्बन्धित सदनको बैठक कक्षमा प्रतिनिधिसभाका सदस्यले अपराह्न ४ र राष्ट्रियसभाका सदस्यले ५ बजे शपथ लिनेछन् ।